सुदूरपश्चिमेलीहरुले ढकारी गाउँपालिकाको विभिन्न वडामा राहत सामाग्री बितरण गरेका छ्न।

अछाम:= कोरोना भाईरस कोभिड १९ को कारण खानको लागि समस्या खेपि रहेका अछाम ढकारी गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान मार्फत खाद्यान्न (चामल ,दाल ,तेल ,नुन ) सामग्री वितरण गरेको छ।

विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य,शिक्षा लगायत परोपकारी कार्यको लागि विश्वका विभिन्न देशमा स्थापना भएका सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत वास्तविक समस्यामा परेका परिवार हरुको समस्यालाई मध्यनजर गर्दै वर्तमान परिस्थितिमा आवश्यक खाद्यान सामाग्रीहरु विगत केहि महिना अगाडि देखि अभियानको रुपमा वितरण गर्दै आएको र यसै क्रममा अछाम’मा तिव्र गतिमा स्थानीय सरकारको रोहबरमा राहत वितरण भैरहेको अध्यक्ष धनबहादुर बलायर बताए।

उक्त राहत वितरण ढकारी गाउँपालिका अध्यक्ष आदरणीय धन बहादुर बुढा, गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद, वडा नं १ का अध्यक्ष भवनि प्रसाद उपाध्याय , प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर वली, लेखा अधिकृत राजेन्द्र भाट, प्रशासकिय अधिकृत जगत बहादुर सिंह,वडा नं ६ प्रहरी चौकी इन्चार्ज देबेन्द्र बहादुर कुँवर,ढकारी प्रहरी चौकी हल्दार महेन्द्र सिंह, सन्चारकर्मी लगायत तथा स्थानियहरुको रोहबरमा एक कार्यक्रम आयोजना गरी वितरण गरेको केन्द्रिय महासचिब दिलेन्द्रप्रसाद जोशीले बताए।

यस परोपकारी कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने सुदूरपश्चिमेली नेपाली समाजका सम्पुर्ण राष्ट्रिय समिति हरु, नेपाल संयोजक चेतन थापा, स्थानीय जनप्रतिनिधि, प्रशासन ,सन्चारकर्मी तथा कार्यक्रम लाई व्यवस्थापन गरि सहयोग पुर्याउने भुपेन्द्र बहादुर बुढा, देबेन्द्र बहादुर बुढा ,जनक थापा,निर्मल बुढा,प्रविण बुढा लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको -एसिया संयोजक दिनेश खड्का’खप्तडी’ले बताउनु भयो।