मलमास कि पुरुषोत्तम मास?

हाम्रा घर आँगनीमा फेरि अधिक मास आइपुगेको छ । यो मासलाई विभिन्न नाम दिइएको छ । मलैमल भएकोले मलमास, बढी समय भएकाले अधिकमास पनि भन्ने गरिएको छ । पूर्वीय धर्म, दर्शनअनुसार तिथि, बार, नक्षत्र, योग, करण पाँचको मिश्रण भएर पञ्चांग बन्छ र पञ्चांगअनुसार पात्रो र त्यसको निर्देशनानुसार दिन, पर्व, चाड, उत्सव भनौँ जन्मदेखि मृत्यु संस्कारसम्मका सबै कार्य गरिन्छ । सूर्यको गति मुताविक गतेलाई लिइन्छ । यो भने १२ महिनाको १ वर्ष, कुनै महिना २९ देखि ३२ दिनसम्मको र जम्मा गरी ३ सय ६५ दिनको १ वर्ष हुने गर्छ । 

अंग्रेजी क्यालेन्डरमा यस्तो तिथि, घडी, पला, नक्षत्र, लग्न, मुहुर्त खासै केही हुँदैन । गते भने जस्तैै तारेख र बारको हिसाब हुन्छ । बार पनि हामी भोलिपल्टको सूर्योदयपछि मात्रै सुरु हुने मान्छौँ । अंग्रेजीमा यस्तो नभई रातको १२ बजेपछि अर्को दिनको आरम्भ मानेभैmँ बार पनि रातको १२ बजेपछि बदलिन्छ । तर, त्यहाँ पनि हरेक ४ वर्षपछि ‘लिप इयर’ भन्ने गरिन्छ । पश्चिमा संस्कारमा हाम्रो वैदिक पद्धति जस्तो व्यवहार नहुने हँुदा गते बारकै आधारमा सबैजसो कार्य सम्पन्न हुने गर्छ । लामा लामा संस्कारहरू पनि हुँदैनन् । नयाँ वर्षको परम्परा पनि फरक छ । 

हाम्रा सन्ततिहरू पनि अब वैदिक पात्रो हेर्न नजान्ने भइसके, कारण स्कुलिङ राम्रो भएन । फाष्ट फुडमा मख्ख छन्, संस्कार मेटिँदै जाने डर छ । पश्चिमाहरू यसको खोजबिन गर्ने हामी पूर्वीयाहरू भत्काउँदै जाने भइसकेका छौं ।

हाम्रो संस्कृति र सभ्यता प्राचीन अझ भनौँ अर्वाचीनसम्मको छ र सूर्य र चन्द्रमासअनुसार संस्कार, पद्धतिको विकास भएको छ । तिथिका कुरा, नक्षत्र, राशिका सबै कुरा चन्द्रमाको गतिअनुसार हुन्छ । 

वैदिक परम्पराअनुसार हरेक मास, बार, ऋतु, तिथि, नक्षत्र, राशि भनाँै पल पलसम्मको आआप्mना अधिष्टातृ देवता भनौँ मालिक हुन्छन् । सबैका आप्mना इष्ट देव कुल देव हुन्छन् । मानिसमा पनि आप्mनो इष्ट देव कुलदेव भएन भने त्यो बेलगामको घोडा हुन्छ, बेवारिसे हुन्छ, गति छाडा भई घरको न घाटको हुन्छ । यो नियम समाज, देशको पनि हुन्छ । वैदिक परम्परमा ३३ कोटी देवता त्यसै भनिएको होइन । सरल रूपमा भन्नु पर्दा हाम्रा घरमा बा हुनुहुन्छ भने जस्तै हो । बढी भएको समय अधिकमासको कोही मालिक भएन । 

आजको भाषामा भन्दा ऊ अनागरिक जस्तै भयो । यतिबेला कुनै चाड, पर्व परेनन् । कुनै उत्सव भएन । कुनै कृयाकलाप नभई बेसहारा बन्न पुगेको अधिकमास आजको लक्डाउनको घर जस्तै भयो । सबैतिर ठप्प कसैले केही नगर्ने । न उत्साह न उमंग न चहलपहल, मूर्तिवत् हुँदा उसले आप््mनो मालिकको खोजी गर्न लाग्यो । जीवन निरस भएको कसैले वास्ता नगरेको, गर्भश्राव भई आमाको कोखबाट अधिक्रो गएको अनुभूति गर्न लाग्यो र मरेको बिरालो जस्तै भएर सृष्टि कर्ता ब्रहृमाकहाँ पुग्यो । ब्रहृमाको काम त सिर्जना मात्रै थियो, संरक्षणका लागि उसले तारणहार श्री विष्णुकहाँ पुग्नुपर्ने सुझाव पायो । 

श्रीविष्णुकहाँ पुग्दा मेरो स्थीर रूप गोलोकवासी श्रीकृष्णसामु यो कुरा पु¥याउनुपर्छ भनेपछि निरिह अधिकमास गोलोक पुग्यो । गोलोक पुग्नासाथ उसको अनुहारमा चमक आइहाल्यो । श्रीकृष्णले तिम्रो सहारा म हुन्छु भनेपछि ऊ प्रसन्न भयो र उसको नाम बदलियो । अबदेखि उसलाई पुरुषोत्तम मासले सम्बोधन हुने भयो । बेसहारा, पीडित, त्याज्य, अपहेलितको सहारा दैव हुन्छ भन्ने सिद्धान्तअनुसार अब ऊ सबै मासको सबैभन्दा उत्तम समयको रूपमा देखियो । यो मासमा व्रत, ध्यान, पूजा, तप, निष्ठा कर्म थोरै भए पनि जसले गर्छ त्यसको फल अनन्त हुने भयो । 

यसैअनुसार विशेष दान पुण्य गर्न चाहने, थोरै खर्चमा धेरै पुण्य चाहनेले यस मासमा धार्मिक कार्यहरू गर्ने गर्छन् । यद्यपि घर वास्तु, विवाह, व्रतबन्ध, अन्य औपचारिक चाड पर्व भने मान्ने चलन अहिले पनि छैन । अघि द्वापर युगमा वनवासको समयमा कुन्ती, द्रौपदीसहित पाँच पाण्डवले कन्दमूल, फलहरूको भोेजन गरेर यो व्रत गरे । स्वयं श्रीकृष्णले सबै कथा सुनाएर समस्या पर्दा धैर्य गर्ने, आप्mनो धर्म र निष्ठा नछोड्ने, यथाशक्ति पुरुषोत्तम मासको व्रत, पूजा गर्र्न निर्देशन दिनुभएको कुरा शास्त्रहरूले चर्चा गरेका छन् । 

अब मलमास पनि सबै मासको राजा हुने भयो । थोरै गरिएको दान पुण्यको फल सिधै भगवानसम्म पु¥याउन सक्ने भयो । यो मासका बीचमा २ एकादशी हुन्छन् जसलाई पद्यिनी र परमा एकादशी भनिन्छ ।

यो महिनामा खासगरी ३३ पुरुषोत्तमको नामले ३३ वटा मालपुवा तयार गरी तुलसीपत्र राखी, काँसको थालमा पँहेलो पीताम्बरले छोपेर सुनको प्रतिमासहित दान गर्ने चलन छ । सक्नेले धेरे ठूलो विधिले कथा महात्म्य श्रवण गर्दै श्रीकृष्ण कथा, पुराणहरू श्रवण गर्छन् । विपुल लक्ष्मी, धन, कीर्ति, मान, इज्जत, प्रतिष्ठा, जीवनमा ऐश, आराम, शान्ति, कान्ति चाहनेले यो मासको उपासना गर्छन्् ।