मलेसियामा कोरोना भाइरसले अहिलेसम्म १३४ जनाको मृत्यु/संक्रमितको संख्यामा पुनः वृद्धि।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरसले संक्रमित हुनेको संख्या ११ हजार ३४ जना पुगेको छ, भने संक्रमणको कारण अहिलेसम्म जम्मा १३४ जनाको मृत्यु भएको छ।

आज सेप्टेम्बर २८ तारिख , सोमबारको दिन कोरोनाको कारण कसैको ज्यान नगएपनि ११५ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य ९ हजार ८ सय ८९ जनाले स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म १ हजार ११ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ। यो संख्यालाई हेर्दाखेरि पछिल्लो समयमा मलेसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या पुनः बढ्दै गैइरहेको देखाउछ।

मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा आवागमन नियन्त्रण आदेश , लकडाउन कडाइका साथ जारी गरेको छ।

[ source : malaysian health ministry ]