चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।




















