सिन्धुली । कमला नदीले बगाएका बेचुवा माझीको शव फेला परेको छ ।
शनिबार दुधौली नगरपालिका वडा नम्बर–२ बलेनीटारका अन्दाजी ५०/५५ बर्षका माझीको शव फेला परेको हो ।
बलेनीटारका माझी असोज ७ गते विहान मादल बनाउन भनेर कमला नदी तरेर दुधौली–३,झुंगा आएका थिए । मादल बनाएर फर्किने क्रममा असोज ७ गते साँझ उनलाई नदीले बगाएको थियो ।
स्थानीय युवराज भण्डारीका अनुसार प्रहरी, परिवार र गाउँलेको संयुक्त खोजी कार्यपछि दुधौली–१ अन्तर्गत चारघरे नजिक कमला नदीको विचमा डुबेको अवस्थामा शव फेला परेको हो ।
नदीले बगाएको तीन दिन पछि उनको शव भेटिएको भण्डारीले जानकारी दिनुभयो । अघिल्लो दिन (शुक्रबार) भलुवाहीबाट माछा मार्न गएको एक समूहले शव देखेको र माझि सम्पर्कमा नआएपछि उनको खोजी भइरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिन्धुली ल्याईदै छ ।




















