इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा १ हजार ४६४ नेपालीका लागि आवेदन खुल्यो।

काठमाडौं := इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार इजरायलले १ हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १ हजार ४६४ जना सहायक कामदार माग गरेको हो ।

आवेदन दिनका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक नेपाली नागरिकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.gov.np मार्फत दिन सकिनेछ ।

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल तलब पाउनेछन् । इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने विभागले जनाएको छ । कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन बिदा पाउनेछन् । वार्षिक बिदा भने इजरायली कानुनअनुसार हुनेछ ।

कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था रोजगारदाता कम्पनीले गर्नेछ । तर, बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।

11.jpg
22.jpg
33.jpg
44.jpg