गजल

झलमल्ल तारा उदाए हेर पूर्णिमाको उँजेली रातमा 

शीत पनि मोती सरी टल्कियो गुलापका दुई पातमा

सबै मानिस एक हुन् फूलहरूले यो सन्देश दिइरहेछ

समाजले फेरि यो कस्तो व्याधी राखिदिएछ जातमा

धनी दगुर्छन् पेट घटाउन गरीब दगुर्छन् भराउनलाई

एउटै छ थल एउटै छ जल फेरि के फरक छ भातमा

रोजगारका तलासमा लाखौं युवा मुग्लान जाँदैछन्

पौरख गर थाहा पाउने छौ के रहेछन् तिम्रा हातमा

सिसासरी अनायासै यो धड्कन टुटाएर गयौ तिमी

बुझिनौ तिमीले के लुकेका थिए विकासका बातमा

विश्वनाथ, असम, भारत ।