संविधान दिवस : हर्ष न बिस्मात !

[ लेखक : वाशुदेब भट्ट ]

संविधान पढ्ने बिषय हैन यो अनुभुती गर्ने बिषय हो मैले त नया संविधान पढेको पनि छैन तर अनुभव गर्दा पहिले र अहिलेमा कुनै फरक देख्दैन। कोरिएका पाना र बोलिएका शब्दले केही छिनलाई उत्साह र आबेग आएतापनी पेट नभरिदो रहेछ ।हामिले त पढेको मात्र हो तर भोगेकाहरुको कहानी सुन्दा जति संविधान दिवस आएपनी कागलाई बेलपाक्यो हर्ष न बिस्मात ! भन्ने र हामी सुन्नेहरुको जीवन शैली उस्तै छ त्यही काम त्यही तरिका र रवाफ ।

निर्मला जस्तै सयौं चेली बलात्कार गरि मारिएको घरमा यो संविधान दिवसको शुभकामना न पुगोस। १००० रुपैयाँ घुस खाएको भरमा आत्महत्या गर्न बाध्य तुल्याउने, सडकमा खुलेयाम ज्यान मार्ने लाई सर्बोच्च ले माला लागाएर रिहाई गर्ने, अनि कानुन सम्मत बोल्नेलाई पनि भाटा बजार्ने यस्ताे पनि हुन्छ संविधान ? करोडौं कुम्ल्याउनेलाई काखी च्यापेर जनतालाई कोट्याउने अनि हामिलाई शुभकामना हैन त वा !! इ थिचोमिचो परेकाहरुलाई हामिले कुनमुखले संविधान दिवसको शुभकामना दिनु।

संविधान बन्यो भने त पेट भर्न र लाज ढाक्न यतै देशमै व्यवस्था हुन्छ भन्थे । तर अब त यस्तो लाग्छ अरबौ खर्च गरि रात काटी लेखिएको किताब हामिलाई संविधान  भनेर झुक्याएको पो हो कि? जनताको लागि बनेको संविधानले जनतामा कति परिवर्तन ल्यायो सडकमा डुल्ने बोल्ने र सोध्ने स्वतन्त्रता त पायौ, तर उत्तर दिने को हो ?कार्यपालिका व्यवस्थापिका र न्यायपालिका सबैमा तपाईंहरुका झोले , टाउके अनि रटुवाहरु अर्काले बोलेको त कान मै छिर्दैन ।

एउटा महिला सांसद  झवा बि क  ले सभा भवनमा भनेको कुरा याद आउँछ “राम्रो रङ हरियो रातो कालो गरेर संविधानको किताब लेखेर के गर्नु कार्यान्वयन पनि हुनुपर्यो “। देशको संविधान हो सम्मान त म पनि गर्छु तर सबै कुरा छोड्नुहोस यता यहि संविधान आए पछि बेरोजगारी कति बढ्यो , महङ्गि कति बढ्यो  भ्रष्टाचार कति बढ्यो दक्ष जनशक्ति बिदेश पलायन कति भयो , कति अपराधले सजाय पायो , सामाजिक सुरक्षा , शैक्षिक गुणस्तर ,भौतिक बिकास ,गरिबी निवारण यो सबैको राणा शासन सङ्ग तुलना गर्नुहोस् देस कुन गतिमा छ भन्नेकुरा हामिजस्ता सर्वसाधारणलाई पनि थाहा हुन्छ ।

यो संविधानले दिएको उपलब्धि बरु यता हेर्नुस् देश कति भागमा बाडियो, एक दिनमा घुम्न सकिने देशमा संघीयताको नाममा कति खर्च गरायो , १२० सांसदले धान्ने देशमा हरूवा ,चोरुवा ,झोले  हुक्के चम्चाहरुला लागि सांसदको संख्या कति बढाईयो , अझै स्थानीय  सरकारका प्रमुखहरुलाई अबिर र मिठाई जनतालाई बाडी बचेको बजेट पनि तहलगाउन कति लठैतहरु नियुक्ति गरियो। मधेस संविधान हाम्रो हितमा छैन भनि अझै आन्दोलनमा छ हितमा कस्को छ हामि पनी अन्योल छौ ।हो कयौं कुराहरू विकास पनि भयो सडक पानी बिजुलि स्कुल इत्यादि तर यो समयले दिएको हो संविधानले हैन ।

संविधानले दिने हो भनेत बिकासको दर गुणात्मक रुपमा वृद्धि , एकघर एक रोजगार , कृषिमा गुणस्तर तथा व्यापार ,गरिबी निवारण सम्बन्धि प्रभावकारी कार्यक्रम ,प्रभावकारी बजेट वितरण ,भ्रष्टाचारिलाई जेल ,अशक्त अशाहयलाई निशुल्क कानुनी उपचार , स्वतन्त्र न्यायपालिका , प्रावधिक शिक्षा प्रणाली , स्वतन्त्र को ले नि तथा कानुनी अनुगमन प्रणाली, महङ्गि तथा कालोबजारी नियन्त्रण ,बालबालिका ,अशक्त , असाहय , वृद्ध तथा अनाथहरुलाई निशुल्क संबैधानिक अधिकार इत्यादि । किसानलाई मल छैन , प्राकृतिक बिपत्तिमा परेकाहरुको व्यवस्थापन छैन, सहिद बेपत्ता तथा अन्यायमा परेकाहरुलाई न्याय छैन , सडकभरी दक्ष प्रमाणपत्र लिएर घुमेकाहरुलाई रोजगार छैन, मजदुरको चुलोमा आगो छैन , सुकुम्बासीको झुपडी छैन , नाकबन्दी गर्दा नुन खाने ठेगान छैन बालबालिकाको भबिस्यको योजना छैन अझै फेरि हामि गर्छौ संविधानका कुरा। होला मन्त्री नेता तथा उच्च अहोदाका जनतालाई परिवर्तनको आभास तर मलाई त मेरो बाल्यकाल देखि आजसम्म मेरो मातृभुमीमा टेक्दा त्यही पुरानै सुगन्ध आउँछ । जय मातृभूमी, जय नेपाल !