आजको मौसम कस्तो रहला ?

काठमाडौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । 

मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही  स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।