हातका मैला, सुनका थैला, के गर्नु, धनले?
साग र सिस्नुु खाएको बेश आनन्दी मनले ।
मुुनाका यी अभिव्यक्तिलाई मदनको जवाफले आजको समाजको चित्र देवकोटाले यसरी उद्घाटन गरेका छन्
ती आमालाई दूूधको घुुड्काले गला रसाऊँ ।
उनको यौटा पाटी र धारा इच्छाको पुु-याऊँ ।
यो हातलाई सुनको बाला खँदिलो सुुहाऊँ ।
रिनले थोत्रो घरको जग बलियो बनाऊँ ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुुनामदन खण्डकाव्यमा आएका यी हरफले संसारको सुुख र मानिसमा विद्यमान भावको कदर गरेको छ । मानिस सामाजिक प्राणी हो । उसको जीवनयापनका लागि विभिन्न जीवनाधायक तत्वहरूको आवश्यकता परेको हुुन्छ । ती आवश्यकतालाई परिपूूर्ति गर्ने सन्दर्भमा मानिस गतिशील रहेको हुुन्छ । जीवनसङ्गिनी मुुनाले कतिपय कुुुराहरूलाई वा जीवनयापनका सन्दर्भलाई साग र सिस्नुुसित दाँजेर जुुन अवस्थाको चित्रण गरिएको छ त्यसले तत्कालीन समाजको सामाजिक चित्रलाई यथार्थरूपमा उतारको छ । तर, आजकी मुना साग र सिस्नोमा रमाउँदिन ।
उसको प्यास कोक, फेण्टा वाइनले मेटिन्छ भने उसको भोक चाउचाउ, चाउमिन र ममले मेटिन्छ । देवकोटाले मदनलाई आजभन्दा पचासी वर्ष पहिले तिब्बतको लासा पठाएका थिए । मुुनामदनमा उनले मदनलाई चालीस दिनका लागि भोट पठाएका थिए । भोटमा गएर कमाइ गरेर प्राप्त गरेको आर्जनले आमाको इच्छा र मुुनालाई सुनले पुुरिदिन उसको अभिलाषामा तुुषारापात भएको देखाएका छन् देवकोटाले । ती चाहना र भावलाई पूूरा गर्ने उद्देश्यले हिँडेको मदनले धन पनि कमाएको हो तर कमाएको धनलाई न त आफूले भोग्न पायो न त उसकी प्रियतमा मुुना र आमाले ।
यो काव्यले देखाएको बाटोमा आजका मदनहरू लासा नभएर अमेरिका, अष्ट्रेलिया, जापान, खाडी मुुलुुकहरूका साथै भारतमा रहेका छन् । सन् २०१९ मा चीनबाट आरम्भ भएको कोबिडका कारणले कतिपय मदनहरू विनाखर्च र थातवासविहीन फर्केका घटनाले नेपालमा पर्खेर बसेका मुुनाहरूलाई चिन्तित तुुल्याएको देखिन्छ । ओखतीविनाको रोगले ग्रसित भएका, काम गर्न हिँडेका मदन कामविहीन भएर फर्केका घटनाले नेपालका सञ्चारमाध्यमहरू रङ्गिएका छन् ।
तर, मदनको समय ४० दिनको मात्र थियो । यी मदनहरू प्रशस्त समयलाई विभिन्न मुुलुुकमा पसिनाको व्यय गरेर रित्तो हात फर्किनेका लहरमा रहेका छन् । मदनलाई तत्कालीन समयमा मुनाले भनेका यी हरफहरू पक्कै पनि आजकी मुनाले भनेकी थिइन् । देवकोटाको मदनलाई मुुनाले भनेका यी हरफहरू आजका मदनमा सान्दर्भित भएर नआएका हुुन सक्छ । मुुना भन्छिन् ः
न छोडी जानोस् हे मेरा प्राण अकेली मलाई ।
मनको वनमा ननिभ्ने गरी विरह जलाई ।
यीमुुनाका हरफ पक्कै पनि आजकी मुुनाले नभनेकी हुुुन सक्छे । आजकी मुुना देवकोटाकी मुुनाजस्ती नभएर मदनको कमाइमा रमाउने खालकी पक्कै पनि हो । तर, यी हरफलाई तिरस्कार गर्दै मदन भन्छ :
कि मरिछाड्यो कि गरिछाड्यो मर्दको इरादा ।
भन्दै भोट जानलाई तयार भएर हिँडेको हो र कमाएर ल्याएको पनि हो । तर, उसले कमाएको धनले जुुन किसिमको भोग गर्नुपर्ने हो त्यो हुुन सकेको देखिँदैन । आजका मदनको हालत भने भिन्न किसिमको रहेको देखिन्छ । आजको मदनले मुुनालाई भरथेग प्रयास गरेर, आफूू जोतिएर, घिसिएर, रापिएर, तापिएर जीवनको गोरेटोमा लम्काएको देखिन्छ । तर, मुुनाले यो परम्परामा नवीन भावलाई जीवन्तता दिएको पाइन्छ ।
खाडी मुुु्लुकबाट नेपाली भूमिमा भित्रिएका मदनहरूलाई आजकलकी नेपाली मुुनाले पूूर्णरूपमा सहयोग गर्नु नितान्त आवश्यक देखापरेको पाइन्छ । मदनहरू कस्तो अवस्थामा फर्केर आए र तिनका जीवनका विविध घटनाले जुुन किसिमको अवस्थालाई चित्रण गरेको सञ्चार माध्यममा देखिएको छ । त्यसले मुुनाहरूलाई सच्चिनुुपर्ने आग्रह राखेको पाइन्छ । आमाका सपना, बाबाका चाहना, छोराछोरीलाई असल शिक्षा दिएर गतिलो बनाई आफूूजस्तो कठिन जीवन यापन गर्नु नपरोस् भन्ने मान्यताका मदनहरू बेखर्ची भएर फर्केकोमा मुुनाहरूलाई चिन्ताले पक्कै पनि पिरोलेको हुुन सक्दछ तर देवकोटाको मदनजस्तो नबनेर स्वदेशकै माटोमा पसिना बगाउन आग्रह गर्दै आँखा बिछाएका मुुनाहरूलाई आजको नेपाल स्वागतयोग्य रहेको देखिन्छ ।
मदनका हरेकपल, क्षण र सम्भावनालाई पर्खेर बसेकी मुुनाका यी भावहरूमा आँखाको कोसमा आँसुुका बिन्दुुहरू रहेको हेर्न सकिन्छ । नेपालको काठमाडौंबाट लासा गएको मदनको जुुन किसिमका हालत देवकोटाले प्रस्तुत गरे त्यही अवस्था आजका मदनको देखापरेको छ । मनभरि चाहना र आँखाभरि सपना बोकेका ती मदनहरूले आज मुुनाको भावनालाई गतिलो तरिकाले बुझेका छन् । सामान्यतया जीवनका हरेक मोड र ऊर्जावान जीवनका लहरलाई जुुनरूपमा उनीहरूले मरुभूूमिमा बिताए त्यसको लेखाजोखा मुुुनाले गर्नु आवश्यक रहेको पाइन्छ । नेपाली भूूमिले, नेपालको हिमाल, पहाड र तराईमा रहेका मुुनाले पक्कै पनि बिर्सन सक्ने अवस्था छैन ।
जीवनका हरेकपलमा साथ सहयोग दिन तम्तयार भएका मुुनालाई हरेक बाटामा मदनको सहयोगमा दिनरात खटिनसमेत आग्रह गर्दछन् नेपालका पाखापखेराहरू । देवकोटाको मदनको अवस्था अबका मदनको जस्तो पक्कै पनि हुुने छैन भन्ने सन्दर्भलाई उल्लेख गर्न सकिन्छ । हजुुरबुुबा, बुबाका पाटाहरू, खेतका काल्नाहरू, खरवारीहरूमा पसिनाका दानाहरूलाई सिञ्चेर राख्नसमेत आजका मुुनाहरूले मदनलाई भरोसा दिनु अत्यन्त आवश्यक देखिन्छ ।
कडा मिहिनेत र पसिनाको मारमा भरिएर जीवनका हरेक पललाई सुुरक्षित बनाउन चाहने मदनका हरेक पललाई कर्मका माध्यमबाट आफ्नो भूूमिमा समर्पण गर्नसमेत आग्रह गर्नु अत्यन्त आवश्यक देखिन्छ । गीतामा देखाइएको कर्मवादलाई अवलम्बन गर्दै जीवनका यावत् पलहरूलाई नेपाली भूूमिमा समर्पित गर्न आजकी मुुनामा भावगत सौन्दर्य हुुनुु आवश्यक देखापर्दछ । अबकी मुुना दरिलो तरिकाले उभिन आवश्यक देखिन्छ । देवकोटाकी मुनाले जुुन किसिमको भावलाई व्यक्त गरेर जीवनको महान् सुुन्दरतामा माया, स्नेह, ममता भरेकी छ त्यही अवस्था आजकी मुुनामा देखिनुुपर्दछ ।
जीवनलाई कर्मयोगमा हेर्ने देवकोटाको मदन र आजका मदनको समान अवस्थाका आधारहरू स्पष्टरूपमा उल्लेख्य रहेको पाइन्छ । त्यसले गर्दा मुुुनाका मदनहरू आत्मीय बनेर उपस्थित भएका हुुन सक्दछन् । मानवीय भाव र भावनाको कदरमा सम्मानपूूर्वक जिउन सक्ने अवस्थालाई मुुनाले बाटो निर्माण गर्नु अत्यन्त आवश्यक रहेको पाइन्छ । देवकाटाको मदन बिरामी पर्दा भोटेको जुुन किसिमको सहयोग र सहभाव रहेको थियो आजका मदनलाई मुुना मात्र होइन नेपालको प्रकृति, खोलानाला, पाखापखेरा, वनजंगल, खेतखलियान स्वागत गर्न सदैव तयार रहेको तथ्यलाई नकार्न सकिँदैन ।
त्यसकारण विदेशी भूूमिबाट फर्केका कतिपय मदनहरू फेरि यसरी नै विदेशी भूूमिका लागि प्रस्थान गरेका समाचारहरू पनि आइरहेका छन् । तिनको भावनालाई सम्मान गर्दै जीवनका हरेक पललाई जीवनको सौन्दर्यमा बहन गर्ने यो परिवेश सदैव रहिरहोस् भन्ने कामना मुुनामा हुुनुु अत्यन्त आवश्यक मानिएको छ ।
कर्म गर्नु मानव जीवनको अति महत्वपूूर्ण विषय हो । कर्मविना मानवजीवन सफल हुुन पनि सक्दैन । कर्मले मानवीय सौन्दर्यका साथै जीवन यापनमा महŒवपूूर्ण भूूमिका निर्वाह गरेको हुुन्छ । कर्मवादमा रमेको हाम्रो नेपाली समाजमा विदेशी भूूमिमा रमेका र सपनालाई साकार पार्न तम्सिएका मदनहरूलाई स्वागत गर्नु अनिवार्य ठहरिन सक्दछ र त्यसमा मुुना हमेशा तयार हुुनु आवश्यक देखिन्छ । यही सन्दर्भको भावलाई जीवनको मूूल मर्म सम्झने मुुना र मदनको जीवनका हरेक घटकहरू मननीय रहेको तथ्यलाई नकार्न सकिँदैन ।
मनका कामना, हृदयका भावना, आँखाका सपनालाई साकार रूप दिन नेपाली भूूमि तयार रहेको तथ्यलाई बुुझेर तम्सिएर आएका मदनहरूको भावनाको कदर गर्नुपर्ने आजको आवश्यकता पनि हो । यही आवश्यकतालाई जीवन्त पार्न कुुटो, कोदालो सदैव तयार भएर बसेका छन् । यही कर्मको जीवनगत सन्दर्भका हरेक पललाई मार्मिक तरिकाले यापन गर्न र पसिनाका थोपाहरूलाई जीवनको कर्ममा ढाल्न आग्रह गर्ने मुुुना र मदनलाई देवकोटाको मुनामदनले सन्देश दिएको पाइन्छ ।
देवकोटा मुुनामदनको अन्तिम पद्यहरफमा भन्छन् कर्ममै पुुज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद । कर्मप्रतिको सचेतता, जीवनप्रतिको मोह, भावनाप्रतिको कदर, देशप्रतिको दायित्वलाई हरेक कोणबाट निर्वाह गर्ने उद्देश्यले आएका मदनका हातहरूको सीपलाई जीवन्त बनाउन आग्रह गर्ने मुुनालाई स्वागत र सद्भावका शब्दपुुष्पहरू समर्पण ।
मदनको विदेश गमनले खेत बारी, बारी खरबारी, खरबारी झाडी भएका छन् । ती सबैको संरक्षण सम्वद्र्धन गर्न आजका मदनहरू तयार हुुनु आवश्यक देखिएको छ । कोबिड २०१९ को प्रताडनाबाट फर्केका मदनहरूमा समर्पण मुुनाका यी हरफहरू कर्मवादको भावमा चट्टान बनेर उभिएका छन् । त्यसैले यो महामारीमा फर्केका मदनहरूलाई सम्पूूर्णरूपमा सहयोग, सद्भाव राख्ने अवसर मुुनाहरूलाई प्रकृतिको कहरले दिएको छ । प्रकृतिको यो कहरलाई सम्बोधन गरेर जीवनका यावत् पाटाहरूलाई जीवनको महत्व उपलब्धि ठान्न र मदनहरूको भावनालाई बुुझ्न आजका मुुुनाहरू सफल हुुनेछन् । जीवन सक्रिय हुुनुु आवश्यक छ । जीवनमा सक्रियता आएन भने सबै मार्गहरू अबरुद्ध हुुने कुुराको संकेत यी ६ महिनाले देखाइसकेको छ ।
सामान्यतया जीवनका पाटाहरूमा मानवीय चेतनाको भावनालाई सम्झेर आएको यो विसंगत सन्दर्भसित जुध्नुु नै आजको आवश्यकता रहेको प्रतीत हुुन्छ । मदन निराशामा नपरून्, आत्महत्याको बाटो नरोजूून्, जीवनको कठिनपनलाई बोध गर्न सकूून्, संघर्षबाट नभागूून्, मुुनालाई साग र सिस्नुुमा मायालुु भावले राख्न सकूून् भन्ने कामना सहित । कठिनतामा बाँच्न, पाखापखेरामा रमाउन, नेपालको प्राकृतिक सुुन्दरतामा मन बहलाउन मुुनाका हातहरू सदैव सक्रिय रहूून् । देवकोटाको मदन जितेर पनि हारेको छ किनभने कमाएको धनलाई भोग गर्न सकेन । मुना हारेर पनि जितेकी छ किनभने उसले धनलाई तुुच्छ सम्झेकी थिई । आजका मुुना र मदन दुुवै हार्ने छैनन् भन्ने आशासहित ।




















