२x२ इञ्चको गीतिसङ्ग्रह ‘अनुभूतिको मझेरी’मा बस्दा

गीता अधिकारी 

एउटा व्यक्ति जसले नेपाललाई गीत गीतसंगीतका क्षेत्रमा सबैभन्दा बढी विश्व रेकर्ड दिन सफल हुनुभएको छ । उहाँ हुनुहुन्छ गीतकार उपन्यासकार डा. डीआर उपाध्याय । हरेक कार्यलाई फरक शैलीबाट प्रस्तुत गरेका कारण उहाँले यस क्षेत्रमा ३२ विश्व रेकर्ड कायम गर्न सफल हुनु भएको। जुन देशकै लागि पनि गौरवको कुरा हो। यसअघि विभिन्न १५ विश्व रेकर्ड राख्नुभएका उपाध्यायले पछिल्लो समय एकसाथ १७ वटा विश्व रेकर्ड राख्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित एभरेष्ट वल्र्ड रेकर्ड, अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किंगडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरमजस्ता विभिन्न देशका एक दर्जनभन्दा बढी वल्र्ड रेकर्ड संस्थाले उहाँलाई विश्व रेकर्ड प्रदान गरेका छन्। गीत संगीतका क्षेत्रमा विभिन्न विश्व रेकर्ड कायम गर्नुभएका विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको गीतसंग्रहको सानो पुस्तक ‘अनुभूतिको मझेरी’मा पाठकमाझ आएको छ । सानो पुस्तक पाठकमाझ आएको हो। २८८ पेजको मिलाप पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तक जति आकारमा सानो छ त्यति आकर्षक र खँदिलो पनि रहेको छ । अन्य क्षेत्रमा साना पुस्तकहरू आएका भएपनि सायद यो भन्दा अर्को सानो पुस्तक गीतिसंग्रहमा सार्वजनिक भएको छैन । यो संग्रहमा कसले भन्छ, हाम्रो मधुर मिलन, तिमीबिना पतझड, आऊ न आऊ, आफ्नै छायाँले, चौबन्दी चोलीमा, रोपी छुरा मुटुमा, मायाको मिठो झरीमा, जब नजरको त्यो जादु, प्रेमको तिर्खा, आँखा तरेर बस्छौँ, माया प्रीतिको अनौठो, युगौ युग, जवानीमा पहिलो, मेरो हर खुसीमा, ढुकढुकी तिमीसँग, मैले जानी नजानी, नलाउ नजर बेइमानी, लट्ठै बनायो, क्या हो त कान्छी, हाँसी हाँसी, अन्धकारमा कतै, उदासी साँझमा, जवानी छ तिम्रो, लिएँ कैयौं जनम, स्वार्थी छ दुनियाँ, सन्तानको शीर उठाउन, सोह्र वर्षे तिम्रो, कुनै घुम्तीमा, तिम्रो एक झल्को, तिम्रा हरेक चाहना, सुहागरातमा, हामी बादलभित्र, तिम्रो आँखाको नानी, जुनेली उज्यालोमा, तिम्रो जोवन साह्रै रसिलो, सोध तिमी, फूल र कोपिला, यो कस्तो ज्वाला, नलागोस् मुटु, सँगै जिउने सँगै मर्ने, तिम्रो मिठो मुस्कान, निष्ठुरीको माया, भित्र मनमा, तिम्रो मेरो चोखो, पर्खाइमा थियो मुटु, राखिदिएँ जिन्दगीको, त्यति सजिलो छैन, तिमीलाई हेरिरहूँ, राष्ट्र अनि राष्ट्रियता, खाली खाली तिम्रो, नेपाली लोकबाजा, आँखा मान्दैन, झिमझिम परेली, वर्वाद पा¥यौ तिमीले, पहिलो भेटमा, के तन्नेरी, फक्रिएका गुलाबसरी, यो के भयो, घर यस्तो होस्, तिम्रो छिनेको बारुले कम्मर, राखिरहूँ आँखामा, ओइ सुन्दरी, आफ्नै छातीबाट, मेरो चुलबुले जोवान, तेत्तीसकोटी देवी देवता, प्रकृतिको दुर्लभ, योग गरौं निरोगी बनौं, संसारभरि छरिएका, एक्काईसौ शताब्दीको, पूर्वजुनीको, म केही भन्छु, दशैँ तिहार, भावीले दया गरी, हरेक मुटुको, साँझ सिँगारिन, साक्षी राखेर, म गर्छु पलपल, लभ यू जिन्दगी, खुसीले रमाउँदै, लखतरान, जहाँ पुग्छ नजर, धेरैका मूल्यवान् मानिएका जीवनहरू मूल्यहीन भएर टुंगिए । अनि हामीले भन्न भ्यायौँ मेरो जीवन अरू धेरैको जीवनभन्दा मूल्यवान् छ । तर, न हिजो कसैले जीवनको सही मूल्य उठाउन सक्यो न आज कसैले सकिरहेको छ । जीवनबारेका भिन्न बुझाइहरू सबै सत्यकै रूप हुन्। आआफ्नो समय आफूसँग चल्छ । कुनै एकजनाको दुःखमा सबै समय दुःखी पनि हुँदैन र कसैको खुशीमा सबै समय खुशी पनि हुँदैन । 

सम्झनामै गहिरो, कहाँ हुन्छ र, तिमीसामु आज, यो मुटु अर्कैसँग, कुनै कारण, पाप धर्म, मोहनी नजरमा, तिमीभित्रै हराएर, मितिनी, जान्न चाहन्छिन्, बेहोसमा पनि तिम्रै, तिम्रा गाजलु, सयौ जुनी, त्यता तिम्रो, कसम हो मात हो, बत्तीस लक्षण भएकी, कति जतन गरी, स्वागत छ भाउजु, जिन्दगीका हरेक, दर्दको शुलले मुटु, हर जुनीमा मुटुभित्र, मायाको सुन्दर सपना, पिरतीको डोरीले, अनजान तिर्ख, सबै चिज फेरिएको छ, उर्लिरहेका छन्, निर्दोष मलाई जस्ता गीत समावेश गरिएको छ । उपाध्यायका नारी एवं पुरुषले दुबै प्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिको नाम कामबारे बनाइएको गीत, सांकेतिक भाषाको गीत, अक्षर–अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको जस्ता गीतहरू पनि रहेका छन्। डा. उपाध्यायका गीत सबै वर्ग, पेसा र समुदायका लागि रहेका छन् । 

उहाँका २३ एल्बममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन्। उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी बिदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन्। त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् उहाँका । उहाँ गीतलेखनको क्षेत्रमा यतिवेला नेपालमा एउटा गर्व गर्न लायक गीतकार हुनुभएको छ । गीत सङ्गीतत क्षेत्रका व्यक्ति तथा गीत मनपराउनेहरूका लागि सङ्ग्रहणीय रहेको छ यो ‘अनुभूतिको मझेरी’ । अगामी दिनमा डा. उपाध्यायक