अर्थमन्त्री खतिवडाद्धारा पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा गर्नुभएको छ । 

शुक्रबार साँझ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनु भएको हो ।

 त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।

राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै मन्त्री खतिवडाको सांसद हुने बाटो सकिएको थियो ।

भोलिबाट डा. खतिवडाको पदावधि सकिदै थियो । उहाँको  गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन हुनभएको थियो ।