हवाई टिकट महँगो भएको भन्दै मलेसियाका संघसस्थाद्वारा ध्यानाकर्षणपत्र जारी।

क्वालालम्पुर ( मलेसिया ):= महामारिको रुपमा विश्वभरी फैलिएको कोरोना भाइरस (काेभिड-१९) र त्यस बाट शृजित विकराल परिस्थितिले सबै क्षेत्रवर्ग यतिबेला आक्रान्त छ्न। वैदेशिक रोजगारीको क्रममा विश्वका विभिन्न देशहरूमा श्रम गरेर बसेका श्रमिक हरुलाइ यसबिचमा नेपाल सरकारले सिमित चार्टर्ड फ्लाइटको ब्यवस्था गरेकाे त्यो कमि र महङ्गो भाडादर भएको बताउदै आएका श्रमिकलाइ पछिल्लो समय सरकारले नियमित उडानकाे अनुमति दिएपनी हवाइ भाडादर चार्टर फ्लाइट को भन्दा पनि दुइ गुना महङ्गो भाडादर कायमै भएको आम श्रमिकको गुनासो आइरहेको बेला मलेसियाबाट स्वदेश फर्कनका लागि सरकारले हवाइ भाडादर अत्याधिक महँगो बनाएको भन्दै विभिन्न संघ संस्थाहरुले ध्यानाकर्षण पत्र जारि गरेका छन।

श्रम बेच्न तेस्रो मुलुक पुगेका श्रमिकहरु लाई महंगो भाडादरले मारपरेको श्रमिकहरुकाे गुनासो पश्चात् मलेसियाबाट स्वदेश फर्कनका लागि सरकारले तेकेको हवाइ भाडादर महँगो भएको भन्दै मलेसियामा रहेका सक्रिय संघ सस्थाहरुले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र जारि गर्दै सरकारको विशेष ध्यानाकर्षण गराएका हुन। गैर आवासीय नेपालि संघ मलेसिया , जनउद्वार केन्द्र मलेसिया , नेपाल आदिवासी जनजाती महासंघ मलेसिया सम्बद्ध जातिय संस्थाहरुको संयुक्त बिज्ञप्ति र नेपालि मजदुर एकता समाज (मलेसिया साखा) ले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र जारिगरेका छ्न।

सामान्यतया मलेसियाबाट नेपाल लागि करिबकरिब ८ सय देखि १ हजार मलेसियन रिङ्गेट हवाइ भाडा लाग्थ्यो । नेपाल सरकारले जहाज चाटर्ड गर्दा १५ सय मलेसियन रिङ्गेट तोकिदिएको थियो । तर अहिले मलेसियाबाट स्वदेश फर्कन २ हजार देखि ४ हजारसम्म मलेसियन रिङ्गेट तिर्नुपर्छ। सरकारको कमर्सियल फ्लाइट सुरु भएपछि स्वदेश फिर्ता गर्ने सर्तमा खुला गरिएको हवाई भाडादरको महँगिको कारण रोजगार बिहिन भएर बसेका हजारौहजार नेपाली श्रमिक यतिबेला मलेसिया लगायतको अन्य मुलुकहरुमा अलपत्र परेका छ्न।