आज मिति २०७७ भाद्र २० गते आश्विन कृष्ण पितृपक्ष शनिबार, तृतीया तिथि सूर्योदय ५ः४५, सूर्यास्त १८ः१८, मानव बेचबिखनविरूद्धको दिवस ।
मेष : स्वास्थ्यमा समस्या देखिनाले धन खर्च हुन सक्नेछ ।
वृषः व्यापारबाट प्रशस्त धनार्जन हुन सक्नेछ ।
मिथुन : विशिष्ट व्यक्तिसँग भेट गर्न पाउँदा मन खुसी हुनेछ ।
कर्कट : मित्रजनको सहयोग मिल्नाले काम बन्ने छ ।
सिंहः खानामा अरुचि हुनाले शरीरमा आलस्यता पैदा हुन सक्नेछ ।
कन्याः यात्रामा सवारी सुख मिल्न सक्नेछ ।
तुला : घरपरिवारबाट सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।
वृश्चिक : अध्ययन–अध्यापनको क्षेत्रमा विशेष रुचि हुनेछ ।
धनुः आफन्तजनसँग झगडा पर्नाले मानसिक चिन्ता हुनेछ ।
मकरः उदर पीडाले सताउँदा निन्द्रामा असुविधा हुनेछ ।
कुम्भ : मानसम्मान प्राप्त हुनाले मन हर्षित हुनेछ ।
मीनः वस्त्राभूषणको लाभ मिल्नाले खुसीका साथ समय बित्नेछ ।


















