क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरस्थित चर्चित चौकिट बजारमा मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन”ले विशेष छापा मारेर पाँच जना नेपाली नागरिकसहित १८१ जना विदेशीहरूलाई प’क्रा’उ गरेको छ।
शनिबार बिहान भएको यस संयुक्त अप्रेशनका क्रममा ५१२ जना विदेशी नागरिकहरूको कागजात जाँच गरिएको थियो। प’क्रा’उ पर्नेहरूमा १० वर्षका एक बालकसहित ५५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्, जसमा सबैभन्दा बढी १४७ जना इन्डोनेसियाली, २० जना बंगलादेशी, ३ जना भारतीय र १ जना पाकिस्तानी नागरिक छन्।
साथै सोही क्षेत्रमा सुरक्षागार्डमा कार्यरत नेपालीहरु पनि पक्राउ परेका छ्न । अध्यागमन विभागका अनुसार वैध यात्रा कागजात नभएका, भिसाको अवधि सकिएर पनि बसिरहेका र पासको दुरुपयोग गरेका विदेशी नागरिकहरूलाई नि’य’न्त्रणमा लिइएको हो।
मलेसियाको प्रहरी र स्थानीय नगरपरिषद् (DBKL) को सहयोगमा गरिएको उक्त धरपकडपछि प’क्रा’उ परेका सबैलाई थप अनुसन्धान र कानुनी का’र’बाहीका लागि बुकित जलिल अध्यागमन डिपोमा पठाइएको छ। अधिकारीहरूले गै’र’कानुनी रूपमा विदेशी कामदार राख्ने रोजगारदाताहरूमाथि पनि कडा का’रबाही गरिने चेतावनी दिएका छन्।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















