क्वालालम्पुर (मलेसिया):= मलेसियाको सारावाक कुचिङस्थित जालान बातु कावामा रहेको एक ब्यूटी एण्ड हेल्थ सेन्टरमा भेष बदलेर गएका (अन्डरकभर) प्रहरीलाई यौ’न प्रस्ताव राख्ने ३७ वर्षीया इन्डोनेसियाली महिलालाई अदालतले दोषी ठहर गरेको छ। ‘पीता’ नाम गरेकी ती महिलाले गत अक्टोबर २७ मा प्रहरी अधिकारीलाई RM१०० मा यौन सेवाको अफर गरेकी थिइन्। गुप्त सूचनाका आधारमा गरिएको उक्त विशेष अपरेसनका क्रममा उनलाई रंगेहात पक्राउ गरिएको थियो, जसमा उनले मजिस्ट्रेट अदालतसामु आफ्नो अ’पराध स्वीकार गरिसकेकी छिन।
अदालतले वे’श्या’वृत्तिमा संलग्न भएको अभियोगमा उनलाई RM४,००० (चार हजार मलेसियाली रिंगिट) जरिवाना सुनाएको छ, जुन नतिरेको खण्डमा ६ महिना जेल बस्नुपर्नेछ। यसका साथै, मलेसियामा वैध राहदानी र यात्रा अनुमति बिना अ’वैध रूपमा बसोबास गरिरहेको पाइएकाले उनलाई थप ४ महिनाको जे’ल स’जाय समेत तोकिएको छ। जे’ल स’जाय पूरा भएपछि उनलाई मलेसियाबाट स्थायी रूपमा आफ्नै देश इन्डोनेसिया फिर्ता (डीपोर्ट) गरिने आदेश अदालतले दिएको छ।
स्रोत- स्थानीय सञ्चारमाध्यम




















