एकैदिन एक हजार १११ जनामा कोरोना पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा एकहजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम  एकहजार १११ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ । 

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।