सैफले आत्मवृत्तान्त सार्वजनिक गर्दै

मुम्बई । बलिउड अभिनेता सैफअली खानले आत्मवृत्तान्त (बायोग्राफी) सार्वजनिक गर्ने हुनुभएको छ । बलिउड उद्योगमा दुई दशकभन्दा बढी समय बिताउनु भएका सैफले आगामी वर्ष आत्मवृत्तान्तलाई दर्शकमाझ ल्याउने बताउनु भएको छ । 

उहाँले हार्पर कलिन्ससँग सम्झौता गरिसक्नु भएको छ । उक्त आत्मवृत्तान्तमा उहाँको फिल्म र निजी जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलोपटक आफ्नो जीवनबारे खुलासा गर्नुहुनेछ । सैफले घरपरिवार, सफलता, विफलता र त्यसले जीवनमाथि परेको प्रभाव र प्रेरणाबारे खुलासा गर्नुहुनेछ । यसको पुष्टि आफैंले गर्नुभएको हो । 

सैफले भन्नु भएको छ, ‘धेरै कुरा परिवर्तन भए र समयसँगै हामीले यसलाई दस्तावेजमा परिणत गरेनौं भने याद, यात्रा, उतार–चढावसँग जोडिएका कुरा कतै हराउनेछन् । यसै कारण आत्मवृत्तान्त ल्याउने निर्णय गरेको छु । स्मरणको मार्गमा हिँड्नु निकै रमाइलो हुनेछ । मेराबारे कति कुरा भनिएका छैनन्, कति कुरा सार्वजनिक भएका छैनन् । यस्ता कुरालाई हरसम्भव जानकारी दिने प्रयास गर्नेछु । आशा छ अरू मानिसहरूले निश्चित रूपमा पुस्तकको आनन्द लिनेछन् ।’ सैफले ५० बढी फिल्ममा अभिनय गर्नुभएको छ । राजीव गान्धी पुरस्कार, पद्म श्री र राष्ट्रि फिल्म पुरस्कारबाट उहाँलाई सम्मानित गरिएको छ ।