नुवाकोट । चितवनको भरतपुर अस्पतालको आईशोलेसनमा उपचाररत रहँदाकै अवस्थामा मंगलबार बिहान ५ बजे आईशोलेसनबाट भागेका नुवाकोट बेलकोटगढीका एक युवकलाई नुवाकोट र धादिङको सिमाना कोल्पुटारमा रहेको चेकप्वाईन्टबाट प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर अस्पतालको आईशोलेनबाट भागेर साईकल चढेरै कोल्पुटार आईपुगेका बेलकोटगढी नगरपालिका वडा नम्वर ५ दुईपिपलका १७ बर्षिय एक युवकलाई नियन्त्रणमा लिई त्रिशूली अस्पतालको आईशोलेसनमा ल्याउन एम्बुलेन्स पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार चोरीको अभियोगमा पक्राउ परेका परियारलाई हिरासतमा राख्नु अघि चितवन प्रहरीले कोरोना परीक्षण गराउँदा उनको नतिजा पोजेटिभ आएपछि उनकी पत्नीको जिम्मामा आईशोलेसनमा उपचारका लागि राखिएको थियो । साईकल चढेर चितवनबाट संक्रमित नुवाकोट आईपुगेपछि उनीसंग नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान जटिल बनेको छ भने यसका लागि राजमार्ग क्षेत्रमा पर्ने जिल्लाका सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक निर्णय लिईने कोरोना संबन्धि जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् ।




















