पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणवाट थप ९ जनाको मृत्यु/जम्मा १५७ जनाको मृत्यु।

काठमाडौं := पछिल्लो २४ घन्टामा नेपालमा को’रोना संक्रमणवाट थप ९ जनाको नि’धन भएको छ । यो सँगै नेपालमा को’रोना संक्रमणवाट नि’धन हुनेको जम्मा संख्या १५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४३ जनामा को’रोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्। २४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा को’रोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।