विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकाहरु होटल क्वारेन्टाइनमा बस्न नपर्ने, सिधै घर जान पाउने।

काठमाडौं:-= अब उप्रान्त विदेशबाट नेपाली हरु स्वदेश फर्कंदा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर आउनेहरुले होटल क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेले होटल क्वरेण्टीनमा बस्नुनपर्ने बताएकाछ्न।
पछिल्लो समय विदेशबाट आउने नागरिकले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको सामाजिक संजालमा ब्यापक आलोचना भएसँगै पर्यटनमन्त्री भट्टराईले सञ्चार माध्यमसंग कुराकानी गर्दै, सरकारले यसअघि विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी ल्याई होटल क्वरेण्टीनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट आउनेले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वरेण्टीनमा बस्नुनपर्ने पर्यटनमन्त्री भट्टराईले स्पष्ट पारेका छ्न।

पीसीआर परीक्षण सहज नभएका देशहरुका लागि उद्धार उडान गरिने र पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने उहाँको भनाई छ । अर्को देशबाट आएर क्वरेण्टीनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अरु देशहरुमा समेत रहेको भन्दै उहाँले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वरेण्टीनमा बस्न सकिने बताए। विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उहाँले बताउनुभयो।

पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्वरेण्टीन खर्च व्यहोर्नुपर्ने उहाँले बताउनुभयो। नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उहाँले बताउनुभयो ।