गृहमन्त्री थापा उपस्थित कार्यक्रममा देखिएन सामाजिक दुरी

अछाम । गृहमन्त्री रामबहादुर थापा (बादल) ले सरकारको आदेश उल्लंघन गरेको पाइएको छ ।

शुक्रबार अछामको रामारोसनको सैनीबजारका बाढी पीडितलाई गृहमन्त्रीसहितको राहतटोलीले राहत बाढेको थियो । राहत वितरण कार्यक्रममा उपस्थित गृहमन्त्रीसहितको टोलीका अधिकांशले माक्स लगाएको भएपनि सामाजिक दुरी भने पालना गरेको देखिएन ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै जनस्वास्थ्यको मापदण्ड अनुसार कम्तिमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने बताउँदै आएको छ ।