दाङ । रुकुम पश्चिमको आठबिसकोटमा शनिवार ६ जनामा कोरोना पुष्टि भएको छ ।
चौरजहारी अस्पतालमा गरेको पिसिआर परीक्षणमा उनीहरुलाई कोरोना पोजिटिभ देखिएको हो । संक्रमितहरुमा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका ४ जना र अन्य दुईजना स्थानीय ब्यवसायी रहेका छन् । क्वारेन्टाइनमा बसेका मध्य आनपा ११ का २ बर्सिया बालिका र उनकी २० वर्षिया आमा सहित अन्य १६ र २२ वर्षका २ पुरुष रहेका छन् । त्यस्तै १२ नम्बर वडाका दुई स्थानीय मध्य एक २२ वर्षीय हेयर कटिङ गर्ने र अर्का २४ वर्षका पुरुष ट्याक्टर चालक रहेको पाईएको छ ।
संक्रमति ६ जना आठबिसकोट नगरपालिका ११ र १२ नम्बर वडाका रहेका छन् । दुईजना स्थानीय व्यवासायीमा पनि देखिएकोले सम्पर्क परीक्षणका लागि ९,११ र १२ नम्बर वडा सिल गरिएको छ ।




















