मृगौला पीडित नरेन तामाङले गरे आर्थिक सहयोगको लागी अपिल।

काठमाडौं := ओखलढुंगा जिल्ला चम्पादेवी गाउपालिका ५ पोखरे निबासी ३७ बर्षिय नरेन तामाङ्को दुबै मृगौला काम नगर्ने (फेल) भयको छ।

नेपाल मेडिकल कलेजमा उपचाररत रहेका र तामाङको रोगको उपचार गर्नसक्ने आर्थिक अवस्था दयनीय रहेको छ । तामाङ कि श्रीमतिले आफै ज्यामी काम गरेर जसोतसो अहिलेसम्म उपचार खर्च धानिरहेकि थिईन। तर अहिले कोरोना भाइरसका कारण काम ठप्प छ। बिरामी श्रीमान तीन छोरीहरुको हेरचाह गर्न घर खर्च चलाउन तामाङ कि श्रीमती एक्लै जुटाउनुपर्ने थियो । अहिले श्रीमानको उपचारको लागि त कता हो कता बाल बच्चा लाइ खानपिन समेत जोहो गर्न नसक्ने स्थितिमा पुगेकि छन।

चरम आर्थिक संकट परेको हुनाले तामाङका परिवार ले आर्थिक सहयोग को अपिल गरेका छन। सहयोग गर्नको लागि बिरामिको श्रीमती सुसिला तमाङ को
Nic Asia Bank को खाता नम्बर : 1685750896084001 मा जम्मा गरिदिन अनुरोध गर्छिन । बिरामिको अबस्था बारे जो कोहिले बुझ्न चाहे मा 9842973393 नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गर्छिन।

परिवारको अत्यन्तै दयनीय अबस्था लाइ महसुस गर्दै ओखलढुंगा सेवा समाज मलेशियाले रमेश पाख्रीन को सम्योजन मा आर्थिक सहयोग संकलन अभियान चलाइ आर्थिक सहयोग गर्ने भएको छ । मलेसिया बाट ओखलढुंगा सेवा समाज मलेशियाले चलाएको अभियान मार्फत पीडित लाइ सहयोग गर्न चाहानुहुन्छ भने रमेश पाख्रीन 01151706428/कुमार खत्री 0184723058 लाइ सम्पर्क गरि सहयोग अभियानमा जोडिन सहयोग संकलन अभियान लाइ सम्योजन गर्दै आएका रमेश पाख्रीन बताउछन।