तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
सामाजिक अभियानता शुसिला खड्का माथि गत बर्ष अक्टोबर १८ मा कम्पनीमा कामगर्ने क्रममा करेन्ट लागि दाहिने हात गुमाएका रामेछापका ठुले कान्छा अन्तरे केसि को लागि संकलन गरेको रकम हिनामिना को आरोप लागेको छ ।
गैर आवासीय नेपालि संघ मलेसियाको क्षेत्रीय साखा ले आज एक बिज्ञप्ति सार्वजनिक गर्दै अभियानता शुसिला खड्काको नेतृत्वमा मलेसियाको विभिन्न ठाउँबाट लगभग 20,000 (बीस हजार) मलेसियन रिङ्गेट संकलन भएको र उक्त सहयोग अभियानमा थुप्रै सामाजिक संस्था र ब्यक्तिहरुले आर्थिक सहयोग गरेका बिज्ञप्ति मा उल्लेख छ।
अभियानका बारेमा NRNA जोहोर क्षेत्रीय समितीका सचीब अर्जुन सिंह ले बुझ्न खोज्दा गैर जिम्मेवारी अभिव्यक्ति आएको र उक्त सहयोग रकम 2020 में 24 तारिखका दिन 12750 ( बाह्र हजार, सात सय, पचास ) रिङ्गेट मात्र उठेको भनी अहिलेसम्म पीडितको हातमा उक्त RM 12750 मात्रै पुगेको उल्लेख गरिएको छ ।
2000 रिङ्गेट भन्दा बढी यातायात खर्च भनेर
घटाइएको र सात हजार भन्दा बढी रकम यहि जोहोर मै रोकिएको कुरा NRNA मलेसियाका केन्द्रिय सदस्य सिताराम बस्नेतले सामाजिक संजालमा ल्याउदा अहिले अभियान्ता शुसिला खड्काले
कहिले थाहा नभएको कहिले लक डाउनका कारण ढिलाइ भएको भनेर बताइरहेकि बिज्ञप्ति मा उल्लेख छ।
संकलित रकम विवरण सार्वजनिक गरिनु पर्छ भन्ने आवाज उठाउदा गत आइतबार बेलुका ८ बजे NRNA जोहोर सचीव अर्जुन सिह बस्दै आएको होस्टेलमा शुसिला खड्काले बाहिरका मान्छेहरु लिएर साघातिक आक्रमण गर्ने उदेश्यले होस्टेल अगाडि पुगि अपसब्दहरु प्रयोग गरि अभद्र व्यबहार समेत गरेको भन्दै संकलित रकम विवरण सार्वजनिक गरिनुपर्ने माग राख्दै छानबिन गर्न मलेसियामा भएका संघ संस्था र नेपाली राजदूतावास क्वालालम्पुर मलेसियालाइ समेत ध्यानाकर्षण गराउदै बिज्ञप्ति सार्वजनिक गरेको छ ।




















