नेपाली मजदुर एकता समाज मलेसियाको महासचिवमा रेश्माकला राई र प्रवक्तामा भिम लुहार।

क्वालालम्पुर ( मलेसिया ):= देश तथा बिदेशमा रोजगारका लागी पुगेका श्रमिकहरुको हकहितका लागि र बिदेश विभिन्न कारणले अलपत्र परेका नेपाली श्रमिकको नाममा संघ संस्था खुलेका छन् कतिले समाजमा राम्रा काम गरेका उदाहरण पनि प्रशस्तै छन्।

यस्तै नेपाली मजदुर एकता समाज,ले संस्था स्थापन गरेको छोटो समयमै धेरै श्रमिकको उद्घार गरे सँगै अन्तर्राष्ट्रिय २३ देश भन्दा बढी देशहरुमा आफ्नो शाखा स्थापन गर्न सफल भएको छ। केहि समय अघि मात्रै वार्षिक उत्सव नेपाली मजदुर एकता समाजले मनाउदै गर्दा केहि देश हरुमा शाखा कार्यसमिति गठन भएका छन् भने हालै मलेशिया शाखाले पनि कार्यसमिति पुनर्गठन गरेको छ पुर्व अध्यक्ष केन्द्रिय समिति अध्यक्ष तथा महासचिव अभियान्ताको रूपमा संगठन संचालन गर्नुपर्ने भए सङै अध्यक्ष महासचिव लगाएत पद रिक्त हुन पुगेका थिए भने केहि पद मलेसिया को कार्यअवधी नेपाल फर्किएकाहरुको पनि रिक्त थियो

मिती २०२० अगस्ट ८ तारिखका दिन नेपाली मजदुर एकता समाज मलेसियाका अध्यक्ष राम प्रसाद सुबेदी संगम अध्यक्षता तथा मजदुर एकता समाज नेपालका केन्द्रिय अध्यक्ष तथा मलेशिया शाखा प्रमुख संरक्षक तेज बहादुर कार्कि काे प्रमुख आथित्यता तथा मजदुर एकता समाजका अभियनन्ता दिलिप भट्टराई समर्पणकाे उपस्थितमा तपशिलकाे उपस्थितिमादमा भएकाे कार्यसमिति बैठकले कार्यसमिति पुनर्गठन गरेको हो ।

उक्त बैठकमा उपस्थिति :-राम प्रसाद सुबेदी संगम तेज बहादुर कार्कि दिलिप भट्टराई समर्पण रेश्माकला राई सन्ताेस फुल्लेल इन्द्र कुमार राई भिम लुहार गंगा चाम्लिङ राई उपस्थिति रहेका थिए। मलेसिया शाखामा केही रिक्त पद रहेकाले उक्त रिक्त पदमा नयाँ कार्यसमिति चयन गरि नेपाली मजदुर एकता समाज शाखा मलेशियाले कार्यसमिति विवरण सार्बजनिक गरेको छ।

नयाँ कार्यसमिति नेपाली मजदुर एकता समाज मलेसिया शाखा कार्यसमितिमा उपाध्यक्ष, महिला उपाध्यक्ष तथा प्रबक्ता पद रिक्त रहेकाे थियो उपाध्यक्षकाे लागि ईन्द्र कुमार राई महिला उपाध्यक्षकाे लागि गंगा चाम्लिङ राई र प्रवक्ताकाे लागि भिम लुहार,ले जिम्मेवारी पाएका छन् ।

नेपाली मजदुर एकता समाज शाखा मलेशियाले सार्बजनिक गरेको पदाधिकारीको विवरण यस्तो छ :

अभियान्ता- दिलिप भट्टराई समर्पण
प्रमुख संरक्षक- तेज बहादुर कार्की
संरक्षक- प्रेम बहादुर शाही दिलिप
प्रमुख सल्लाहकार- सिताराम बस्नेत

अध्यक्ष- राम प्रसाद सुबेदी संगम
बरिस्ठ उपाध्यक्ष- अर्जुन सिहं अनुरागी
उपाध्यक्ष- इन्द्र कुमार राई
महिला उपाध्यक्ष- गंगा चाम्लिङ राई
महासचिव -रेश्माकला राई
सचिव- सन्ताेस फुल्लेल
काेषाध्यक्ष- विशाल श्रेष्ठ
सह-काेषाध्यक्ष- दिपक बाेहरा
प्रबक्ता-भिम लुहार
सदस्यहरु:-

अर्पण मगर
प्रेम बिस्ट
निर्मल खवास
जीवन नेगी
अमृत परियार
प्रकाश बन्जारा सहयात्री