निशानको प्रेमिकासँग कानुनी बिहे

काठमाडौं । नेपालको लोकप्रिय गायन रियालिटी सो नेपाल आइडलको पहिलो सिजनमा फष्ट रनरअप भएका गायक निशान भट्टराइले आफ्नी प्रेमिकासँग कानुनी विवाह गर्नुभएको छ । मंगलबार धुलिखेल जिल्ला अदालत पुगि प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गर्नुभएको हो । 

पछिल्लो दुई वर्षदेखि प्रेमिमा रहनुभएको निशान र ऋचाले कानुनी विवाहपश्चात् प्रमाणपत्र ग्रहण गर्नुभएको छ । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गर्नुभएको छ । पछिल्लो समय गायक निशान निकै व्यस्त गायकको रूपमा चिनिनुहुनछ । उहाँले गाएका चलचित्रका गीतसँगै अन्य गीत पनि हिट छन् । अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘के माया लाग्छ र’ बोलको गीतमा पनि निशानको स्वर छ । 

निशानले ६ महिनाअघि सार्वजनिक ‘लाउर जाने रेल’मा अभिनय गर्न ऋचालाई अफर गर्नुभएको थियो । निशानको आफ्नै लगानी रहेको उक्त गीतमा आफूनै अभिनय गर्ने निर्णय गरेपछि निर्देशकले आफूलाई सुहाउने जोडी खोज्नुसभन्दा ऋचालाई अफर गरेका हुन् । त्यो समयमा निशान र ऋचा प्रेममै थिए ।