युएईमा अलपत्र परेका नेपाली कामदार उल्टै दलालबाट कुटिए।

[ अनिश तामाङ/उज्यालो नेटवर्क ]


युएई := बेलायत जान भनेर युएई आएर अलपत्र परेका रामेछापका टिकाराम बोहोरा र मनोहर केसी दलालबाट उल्टै कुटिएका छन् । पासपोर्ट जफत गरेर दलाल श्याम थापा सम्पर्कबिहिन भएपछि पीडितले गैर आवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुताबासमा सहयोग उद्दारको लागि केही दिन पहिले निबेदन दिएका थिए ।

दुताबासमा उजुरी गरेको थाहा पाए पछि गत शुक्रबार बेलुकी श्याम थापाले एनआरएन दुबइ क्षेत्रका अध्यक्ष भीम मल्लको साथमा केही गुण्डा केटाहरु लिएर बोहोरा र केसीलाई दुबईको बरदुबईमा बोलाए । उनिहरु आफ्नो पासपोर्ट पाउने आशामा बरदुबई पुग्दा १० जनाको समुहमा रहेको थापाको समुहले बोहोरालाई अन्धाधुन्ध आक्रमण गरेको थियो । बोहोराले निर्घात पिटाइ खाँदा पनि एनआरएन दुबइका अध्यक्ष मल्ल भने ुकदर्शक बनिरहे । उल्टै उनले प्रहरीलाई खबर नगर्न र मिल्न चेतावनी दिए ।

बोहोराले प्रहरीलाई खबर गरे पछि दलाल श्याम थापा सहितको टोली फरार भएको थियो । पीडित बोहोराले आफु माथि साँघातिक हमला भएको बारे प्रहरीमा उजुरी गरिसकेका छन् भने प्रहरीले कुट्ने समुहको खोजी सुरु गरेको छ ।

पीडितहरुले एनआरएनमा निबेदन दिए पनि अहिले सम्म कुनै सुनुवाइ नभएको पीडितले बताए । ’हामीले दुबइ अध्यक्ष मल्लको समुन्ने उल्टै कुटाइ खानु प¥यो’ बोहोराले भने, ’पासपोर्ट लिन बोलाएर थापाले कुट्न लगाए र केस प्रहरीमा उजुरी नगर्न मल्लले दबाब दिए’ ।