नताशालाई कोरोना संक्रमण

मुम्बई । अभिनेत्री तथा मिस वल्र्ड इण्डिया २००६ नताशा सुरीमामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि मात्रै एक विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो । 

एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले आफूमा कोरोना देखिएको पुष्टि गर्नुभएको हो । उहाँ भन्नु भएको छ, ‘करिब ६ दिनअघि म एक जरुरी कामले पुणे गएको थिएँ । त्याँहाबाट फर्केपछि मलाई सञ्चो नभएपछि तीन दिनअघि मैले कोरोना परीक्षण गराएको थिएँ । रिपोर्ट पोजेटिभ आएको छ ।’

उहाँ होम क्वारेन्टिनमा हुनुहुन्छ । अझै शरीर कमजोर भएकाले औषधिसँगै (इम्युनिटी बुष्टर्स) लिइरहेको उहाँले जानकारी दिनुभयो । पुणेबाट फर्किएपछि उनलाई कमजोरी र घाँटीमा समस्या देखिएको थियो ।