[ तिलोचन गौतम ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको पेनाङ स्थित (Bayan lipas) कोलम इकानमा जनउद्धार केन्द्र मलेसियाले कोलम इकान सम्पर्क समिती गठन गरेको छ ।
कोभिड-19 का कारण मलेसियामा जारी MCO (बन्द) का कारण लामो समय एता अन्लाईन जम्घट भएता पनि भेला, मिटिङ्ग सामुहिक छलफल ब्यक्ति को उपस्थितिमा नगरेको जनउद्धार केन्द्रले आज सामाजिक दुरि कायम राख्दै आज कोलम इकान सम्पर्क समिती गठन गरेको हो ।
केन्द्रिय अध्यक्ष केशु थापा , देबेन्द्र गिरि र बालकृष्ण आचार्यको प्रत्येक्ष उपस्थिति रहेको भेलाले प्रकाश खड्काको अध्यक्षतामा १७ सदस्यीय समिती गठन गरेको थियो । उपाध्यक्ष मा बुद्दराज थापा र रजनिस कुमार मण्डल, कोषअध्यक्षमा धनिलाल प्रसाद कुशुहावा, सचिवमा भिमहाङ शेर्मा (अस्टल), सहसचिवमा बिकी पण्डित चयन भएका छ्न। पियल खड्का,बन्धु राउत,प्रकाश कुमार अमात,अशोक दनुवार,इश्वर थापा ,मुकेश कुमार शाह,अजय कुमार महतो , रामानन्द शाह,जितेन्द्र मण्डल र गौतम नबगठित समितिको साधारण सदस्य रहेका छ्न सम्पर्क समिति को सल्लाहकार मा यादव कुमार खत्री रहेका छन।
नबगठित सम्पर्क समितिलाई केन्द्रिय अध्यक्ष केशु थापा र कोषाध्यक्ष देबेन्द्र गिरिले संस्थाको बिधान, संस्था दर्ताको प्रमाणपत्र र बैठक पुस्तिका हस्तान्तरण गरेका थिए।




















