युएईबाट स्वदेश फर्किन नपाएका शिव वचन रौनियारले पुनः गुहारे नेपाली दूतावासलाई।

युएई := बारा जिल्लाका शिव बच्चन साह रौनियार गत मार्च महिनामा धेरै कमाउने सपना देखेर यूएई पुगेका थिए। तर काम थालेकै दिन उनले रोजगारी गुमाउनुपर्‍यो।

युएई स्थित नेपाली दूतावासले आफुलाइ असहयोग गरेको भन्दै दुताबास बिरुद्द अभिव्यक्ति दिएर अन्तर्राष्ट्रिय मिडियामा छाएका नेपाली कामदार शिब बच्चन रौनियारले उद्दार गरिदिन भन्दै पुनः नेपाली दुताबासलाई निवेदन सहित गुहारेका छन् ।

रौनियार र अर्का एक नेपाली कामदार अजय महतोले आफुलाई ठगी गर्ने नेपालको म्यानपावर कम्पनी स्प्रिंग नेपाल हियुमन रिसोर्सेज़ले अफिस बोई र टाईल मार्बलको कामको लागि अबुधावीमा रहेको एक कम्पनीमा काम लगाउने भन्दै ठगी गरी २ लाख रुपैंया लिएको भन्दै उक्त म्यानपावर कम्पनीलाई कारबाही गर्न निवेदन मार्फत माग गरेका छन् ।

निवेदनमा आफुहरु यूएई आएर आएर २ घण्टा पनि काम गर्न नपाई कामबाट निस्कासित भएको र हाल सडकको बास भएको उल्लेख गरेका छन्। २८ जुलाईमा उनीहरुले नेपाली दुताबास अबुधावीलाई निबेदन लेखेर उद्दार गरिदिन अनुरोध गरेका हुन् ।

यस अघि उनीहरु दुई पटक सम्म यात्रा अनुमति नभएको भन्दै एयरपोर्टबाट फिर्ता भएका थिए । ‘दूतावासमा ४० पटक धाइसकेँ… तर मेरो कुरा कसैले सुन्दैनन्।”उनले बारम्बार गुनासो समेत गर्दै आईरहेका छ्न,तर सम्बन्धि निकाय मौन नै बसेको छ। हाल उनीहरु एनआरएन यूएईको संरक्षणमा छन् ।

[ तस्बिरमा एनआरएनए युएई का उपाध्यक्ष समाजसेवी पासाङ शेर्पा संग शिव वचन साह रौनियार र अजय महतो ]