तिलोचन गौतम
क्वालालम्पुर (मलेसिया):= अबैधानिक रूपमा मलेसियामा लामो समय देखि काम गर्दै आएका धादिङ सिद्धले गाउँपालिका सालाङ का इन्द्र बहादु थापा मगर लाइ क्वालालम्पुर स्थित नेपाली राजदुतावास मलेसिया र सामाजिक अभियान्ताहरुको सहयोगमा मलेसियाबाट उद्वार गरि स्वदेश फिर्ता गराइएको छ।
जण्डिस रोग को कारण उपचाररत रहेका उनको कलेजोमा समस्या देखाएपछी तत्काल घर फिर्ता हुने इच्छा ब्यक्त गरेका थिए । बिरामी परेका इन्द्र बहादुर मलेसियाको सेलाङ्गर स्टेट को केलाङ सहरमा रहदै आएका थिए । उनलाई स्वदेश फिर्ता गराउन मलेसियाको अध्यागमन बिभागले अबैधानिक हैसियतमा मलेसियामा लामो समय सम्म रहे बापत तिर्नुपर्ने रकम सामाजिक अभियानताहरुले सहयोग सङकलन गरि जुटाएर तिरेका थिए।





बिरामी थापा मगर लाइ स्वदेश फर्काउन व्यवसायी तथा गैर आवासीय नेपाली संघ (nrna) मलेसियाका वरिष्ठ-उपाध्यक्ष सुन्दर आले मगरको पहलमा क्वालालम्पुर स्थित नेपाली राजदुतावास मलेसियाले बिरामीलाइ स्वदेश फिर्ता हुनको लागी यात्रा अनुमाति पत्र नि:शुल्क जारी गरि स्वदेश फर्कन गरिनुपर्ने कानुनी प्रक्रिया मा सहयोग पुर्याइ स्वदेश फिर्ता हुन लाइ २९ तारीख बिहान १० बजेको हिमालय एयरलाइन्सको हवाइ टिकट उपलब्ध गराएको थियो । समग्रमा भन्नुपर्दा मलेसिया स्थित नेपाली दूतावास र सामाजिक अभियान्ताहरुको सहयोगमा बिरामी इन्द्र बहादुर थापा मगर स्वदेश फर्कन सफल भएका हुन।




















