मलेसिया प्रवेश गर्ने प्रत्येक ब्यक्ति क्वारेन्टाइनमा बस्नैपर्ने/खर्च RM ४७०० तिर्नुपर्ने।

क्वालालम्पुर ( मलेसिया ):=अहिलेकै अवस्थामा मलेसिया प्रवेश गर्ने प्रत्येक ब्यक्तिहरुले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम मलेसियन सरकारले लागु गरेको छ।

मलेसियाको वरिष्ठ – रक्षामन्त्री दातोक श्री इस्माईल साबरी याकोबले बताए अनुसार कोरोनाको माहोलकै बेला मलेसिया प्रवेश गर्ने स्थानीय स्वदेशी तथा विदेशी ब्यक्तिहरु अनिवार्य १४ दिन सरकारले तोकेको क्वारेन्टाइन केन्द्र अथवा होटेल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

[ सरकारको वरिष्ठ – रक्षामन्त्री दातोक श्री इस्माइल साबरी याकोब पत्रकार सम्मेलनमा बोल्दै ]

क्वारेन्टाइनमा बस्न प्रत्येक ब्यक्ति ले सरकारले तोकेको अधिकतम क्वारेन्टाइन शुल्क आरएम ४ हजार ७ सय रिंगेट अनिवार्य तिर्नुपर्ने हुन्छ , जसमा स्थानीय ब्यक्तिले तिर्नुपर्ने जम्मा शुल्क मध्यको आरएम २ हजार ६ सय रिंगेट सरकारले ब्यहोर्ने छ्न , भने विदेशी प्रत्येक ब्यक्तिले आरएम ४ हजार ७०० रिंगेट नै तिर्नुपर्ने वरिष्ठ – रक्षामन्त्री साबरीले बताए।

रक्षामन्त्री साबरीले भने , यो क्वारेन्टाइन शुल्कमा हरेक सेवा सुविधाहरु समाबेश गरिएको छ । जस्तैः यातायात खर्च , तिन पटकको खाना खाजा खर्च , डाक्टरको उपचार खर्च , सरसफाइ र अन्य विभिन्न सेवासुबिधाहरु समाबेश गरिएको बताए। यो खबर स्थानीय पत्रीका द-स्टारबाट नेपालीमा अनुवाद गरिएको हो।