अब मलेसियाले तीन क्षेत्रमा मात्रै विदेशी कामदार लिने:कृषि,उब्जनी र निर्माण।

क्वालालम्पुर ( मलेसिया ):= विश्वभर माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड -19) को संक्रमणले गर्दा मलेसियामा आर्थिक मन्दी छाएको छ।

आर्थिक घाटा,मन्दी भएपछि स्थानीय मलेसियन नागरिकहरु लाखौंको हाराहारीमा बेरोजगार भएर बसेको छ। बेरोजगार स्थानीय नागरिकलाई मुख्य प्राथमिकतामा राखेर पुनः रोजगारी दिने हेतुले मलेसियन सरकारले विदेशी कामदार कटौती गर्ने बताएको छ। यो खवर स्थानीय पत्रीका फ्रि-मलेसिया टुडेमा प्रकाशित छन।

[ deputy human resource minister malaysia : Awang hashim ]

सरकारको उप-मानव संसाधन मन्त्री आवाङ्ग हाशिमले एक पत्रकार सम्मेलनमा बोल्दै भने ,” मलेसियामा संचालनमा रहेका विभिन्न म्यानुफ्याक्चरिङ कम्पनी,सुपरमार्केट र सर्भिस,सेवा लगायतको ( क्षेत्र ) सेक्टरमा स्थानीय बेरोजगार नागरिकलाई प्राथमिकतामा राखी पुनः रोजगारी दिने सरकारले निर्णय गरेको र अब उप्रान्त रोजगारीको निम्ति मलेसिया आउने विदेशी कामदारहरुलाई कृषि , निर्माण र वृक्षारोपन उब्जनी गरि तीन वटा क्षेत्रमा मात्रै काम गर्न अनुमति दिइने निर्णय सरकारले गरिसकेको मन्त्री आवाङ्गले बताए।”

[ plantation ]
[ agricultural ]
[ construction ]

उनले थप बोल्दै भने , यस निर्णयले मलेसियामा विदेशी कामदारको संख्या घटाउन सहयोग पुग्नेछन, र अझैपनि कतिपय रोजगारदाता , कम्पनीले विदेशी कामदार संगै स्थानीय कामदारलाई पनि न्युनतम पारिक्ष्रमिक आरएम १,१०० रिंगेट मात्रै दिने गरेको पाइएको छ , अब आउने दिनमा स्थानीय नागरिकलाई रोजगारीमा लगाइ न्युनतम आरएम १२०० रिंगेट पारिक्ष्रमिक दिने नियम कडाइको साथ अनिवार्य कार्यान्वयन गराउने मन्त्री आवाङ्गले बताए ।
हाल, मलेसियामा कार्यरत विदेशी कामदारहरूले निर्माण र सर्भिस सेवाहरू जस्ता विभिन्न क्षेत्रमा काम गर्दछन्।