दूतावास,संघसंस्था,अभियान्ताहरु को सहयोगमा हात भाचिएका मेघा बहादुर स्वदेश फर्किए।

[ तिलोचन गौतम ]


क्वालालम्पुर (मलेसिया):= अबैधानिक रुपमा मलेसियामा काम गर्दै आएका सिन्धुली जिल्ला निवासी मेघा बहादुर लुुुमरे मगर लाई मलेसिया स्थिति नेपाली राजदुतावास र मलेसियामा रहेका सक्रिय संघसस्था,सामाजिक अभियानताहरुको संयुक्त सहयोगमा मलेसियाबाट उद्वार गरि स्वदेश फिर्ता गराइएको छ।

आफैसंग काम गर्ने नेपाली कामदार साथिले कुटपिट गरि साथमा भएको पैसा मोबाइल सबै लुटेर गएको र रडले हानेर हात भाचिदिएको गुनासो लिएर पीडित मेघा बहादुर मलेसियाको एक मात्रै चर्चित नेपाली मिडिया “मलाया खबर” संग २ महिना पहिले सम्पर्कमा आएका मगर आज बिहान मलेसियाको स्थानीय समय अनुसार १०:०० बजे हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट स्वदेश फर्किएका छ्न ।

पीडित मगरलाई स्वदेश फिर्ता गराउन मलाया खबर टिमले सहयोग अभियान चलाइ फिर्ता हुन लाग्ने खर्च तथा प्रारम्भिक प्राथमिक उपचारका लागी मलेसियामा रहेका सक्रिय संघसंस्था तथा सामाजिक अभियान्ताहरू संग आर्थिक सहयोग को अपिल गरेका थियौ, सोही अनुरुप निजलाई स्वदेश फर्काउन आवश्यक आर्थिक संकलन गर्न सफल पनि भयौं , भने क्वालालम्पुर स्थित नेपाली राजदुतावास मलेसियाले मगरलाई स्वदेश फर्किन आवश्यक पर्ने यात्रा अनुमाति पत्र ( travel document ) जारी गरि स्वदेश फर्कन गरिनुपर्ने कानुनी प्रक्रिया मा सहयोग पुर्याइ स्वदेश फर्कन हवाइ टिकट उपलब्ध गराएको थियो ।

उहाँ लाइ स्वदेश फिर्ता गराउनको लागी मलेसियामा रहेका सक्रिय संघसंस्था तथा सामाजिक अभियानताहरू र नेपाली दुतावास सबैलाइ हार्दिक धन्यवाद दिदै मलाया खबर टिमले आगामी दिनहरुमा पनि श्रमिक का समस्याहरुमा साझेदारीता हुने बिश्वास लिदै सबै लाइ धन्यवाद सहित हार्दिक आभार ज्ञापन गर्दछ।