कोरोना भाइरसको संक्रमणले साउदीमा नेपाली पत्रकार रोशन श्रेष्ठको मृत्यु।

साउदी := कोरोना संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टी भएपछि विगत ३५ दिन देखि उपचाररत स्याङ्जाका रोशन श्रेष्ठको मृत्यु भएको हो ।

एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्यालले दिएको  जानकारी अनुसार साउदीको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको मृत्यु हो । साउदीमा कार्यरत नेपालीहरुको लोकप्रिय अनलाइन एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहेका श्रेष्ठ पत्रकारिता अलवा विभिन्न संघसंस्थामा पनि सक्रिय रहेका थिए।

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहेका उनी स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै सक्रिय रहदै आएका थिए। एनआएनएलगायत साउदी अरबमा क्रियाशील रहेका अन्य नेपाली संघसंस्थाले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । मृतक श्रेष्ठको नेपालमा श्रीमती, आमा र एक भाई छन्।