काठमाडौं := आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ।
कोइराला ८ वर्ष ६ महिना कैद सजाय भोगेर आज रिहा भएका हुन। महान्यायाधीवक्ता कार्यालयका अनुसार फैसला पुनरावलोकनका लागि सर्वोच्चमा आजनै निवेदन दिन लागिएको छ। श्रीमती गीता ढकालको हत्या आरोपमा उनलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो, उच्च अदालले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्च अदालतले कोइरालाको सजाय घटाएको थियो।

श्रीमती हत्याको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले असार १५ गते सजाय घटाउने फैसला गरेको थियो।
कोइरालाले पत्नी गीता ढकालको हत्या गरि बोरामा राखेर टिस्टुङमा लगेर डढाएका थिए । उनी रिहा हुँदा प्रेमिका तारा रेग्मी कार लिएर गएकी थिइन् । रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन् । उनीहरुले आफूहरुबीच विहे भइसकेको बताएका छन् ।




















