कंचनपुरका पदम रोकायाको मलेसियामा मृत्यु ।

मलेसियाको नेगरी सम्बिलान जेम्पल बाहु स्थिति Ks management solution कम्पनीमा बिगत लामो समय देखि काम गर्दै आएका कंचनपुर महाकाली नगरपालिका का पदम रोकायाको गत सोमबार सबारी दुर्घटनामा परि मृत्यु भएको छ ।

साझ काम सकाएर साइकलमा कोठा फर्किदै गर्दा साइकल सहित नालिमा परि दुर्घटनाहुदा घटना स्थल मै पदम रोकायाको निधन भएको हो ।

रोकायाको मृत सव पोस्टमार्टम को लागी जेम्पोल हस्पिटल मा राखिएको र रोजगार दाता कम्पनीले आबस्यक कागजात तथा प्रक्रिया मिलाएर मृत सव दाहसंस्कारको लागी स्वदेश फिर्ता गराइदिने भएको छ ।