प्रत्येक नेपालीको टाउकोमा रु.४३ हजार बढी ऋण।


काठमाण्डाै:= हरेक बर्षझै यस् बर्षको आर्थिक बर्षमा पनि नेपाल सरकारको सार्वजनिक ऋण बढ्दो क्रममा रहेको छ। सार्वजनिक ऋण बढेर अहिले १३ खर्ब रुपैयाँ नाघेको छ ।

अर्थ मन्त्रालयका अनुसार  २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।
नेपालको अहिलेकाे जनसङ्ख्या तीन करोड २७ हजार ६ सय ५९ जनालाई भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार ७ सय १६ रुपैयाँ ऋण पर्न आउँछ । 
१३ खर्ब १२ अर्ब रुपैयाँमध्ये ५ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण र ७ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ।

आर्थिक वर्ष २०७६/७७ को जेठ महिनासम्म अर्थात् ११ महिनामा सरकारले आन्तरिकतर्फ ३३ अर्ब ८९ करोड रुपैयाँको साँवा र १९ अर्ब २४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको  छ । बाह्यतर्फ १६ अर्ब ५२ करोड रुपैयाँ सावाँ र तीन अर्ब ५६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ।