[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= गैर आवासीय नेपाली संघ ( NRNA ) मलेसियाको केन्द्रिय पदाधिकारीहरुको समाचार मार्फत चरित्र हत्या गरेको प्रति नेपाली मिडियामा प्रकाशित समाचारको विरुद्धमा एनआरएनए मलेसिया केन्द्रिय समिती र जोहोरबारु राज्य समितीले छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारीगर्दै आपत्ति प्रक्रट गरेका छ्न।
केन्द्रिय अध्यक्ष हरि भट्टराई र महासचिव हेमराज सापकोटाद्वारा हस्ताक्षरित केन्द्रले जारी गरेको बिज्ञप्तिमा लेखेको छ , एनआरएन मलेसियाको बारेमा केही संचारमाध्यमले तथ्यहीन, कपोकल्पित र भ्रम फैलाउन खोजेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन् । ‘चरित्रहत्या गरी गलत, कपोकल्पित, झुटो, तथ्यहीन समाचार सम्प्रेषण गरेर समाजमा भ्रम छर्ने काम भयो, एनआरएन मलेसिया र हामी नेतृत्व आम नेपाली श्रमिक र उनीहरुको हीतमा काम गरिरहेका छौ’ अध्यक्ष भट्टराईले भने–‘तथ्यहीन आरोप प्रमाणित गराउन म चुनौति दिन्छु ।’

एनआरएनए आइसीसीले ५ हजार डलर एनसीसी मलेसियालाई प्रदान गरेकोमा आवश्यकता अनुसार कोरोना पीडितलाई खर्च भएको र खर्च विवरण चुस्तदुरुस्त रहेको पनि एनआरएन मलेसियाले जनाएको छ ।
त्यस्तै यता एनआरएनए क्षेत्रीय समिती जोहोरबारुको अध्यक्ष मिम गुरुङ र सचिव अर्जुन सिंह अनुरागीद्वारा हस्ताक्षरित क्षेत्रीयले जारी गरेको एक बिज्ञप्तिमा लेखेको छ ,
” सिङ्गो गैर आवाशिय नेपाली संघ (NRNA) मलेसिया लगायत यो संस्थाको केन्द्रीय प्रतिनिधि हरुको चरीत्र हत्या हुने गरि सुनियोजित तरिकाले २०७७ साउन १ गते नेपाली मिडिया कान्तिपुर लगाएत का केही मिडियामा गैर आवासीय नेपाली संघ NRNA मलेसिया का महासचिव को नाम मुछेर ठगी आरोप को समाचार बाहिरिएको र अहिले लगत्तै दियो पोस्ट मिडिया ले पनि NRNA मलेसिया का अध्यक्ष र कोषाअध्यक्ष लाई राहत को नाममा आएको रकम हिनामिना गरेको अपुष्ट समाचार बाहिरिएको खबर प्रति NRNA क्षेत्रीय समिति जोहोर खेद प्रकट गर्दछ।
तसर्थ अहिलेको कोभिड -19 को कारण ल्याएको नेपाली दाजुभाइ दिदिबहिनीहरुका जटिल समस्यासंग एकताबद्ध भएर समाधान खोजिनुपर्ने यस घडीमा एनआरएनए पदाधिकारीहरु माथीनै झट्ट हेर्दा अनुचित र अपत्यारिलो आरोप लाग्नु आफैंमा दु:खद छ। त्यसैले तत्काल एनआरएनए मलेसियाले छानबिन समिति बनाएर सत्यतथ्य कुरा आम जनता सबै माझ ल्याउन र दोषि देखिए उल्लेखित मिडिया र ब्यक्तिहरुलाई नेपालको कानुन सम्बत कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । बिज्ञप्तिमा लेखिएको छ।




















