साउदीमा अवैधानिक हैसियतमा रहेका थप ३९ नेपालीले पाए वहिर्गमन भिसा।

रियाद (साउदी अरेबिया ):= साउदीमा वहिर्गमन भिसाको लागि गएकाे पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ३९ जनाको भिसा जारी भएको नेपालीले वहिर्गमन भिसा पाएको साउदीस्थित नेपाली दूतावासले एक सुचना मार्फत जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए । अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

वहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको समेत दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै २०४ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् ।

वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने समेत दूतावासले जनाएको छ । यसरी वहिर्गमन भिसा प्राप्त गरेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने हुन्छ ।