समाजवादी पार्टीले सांसद सरितालाई कारवाही गर्यो/अब नेकपा र कांंग्रेस भित्रका भ्रष्टाचारी दलाललाई कारवाही गर्नुपर्छ:नेता आङकाजी।

काठमाडौं:= नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ ।

मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निष्कासन गर्ने निर्णय गरेको पार्टीका एक पदाधिकारीले जानकारी दिइएको छ।

पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको थियो। समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । समाजवादीको बैठकले कार्यदलको सुझावका आधारमा सांसद र पार्टीको साधारण सदस्य दुईटै पदबाट निष्काशन गरेको बताएकाछ्न।

यता समाजवादी पार्टीका नेता तथा आदिवासी जनजाती अगुवा आङ्काजी शेर्पाले तत्कालीन एमाले र माओवादी मिलेर बनेको अहिलेको नेकपा पार्टी र काङ्ग्रेसलाई खुल्ला चुनौती दिईएको छ।

नेता शेर्पाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छ्न ” हाम्रो पार्टी भित्रका राष्ट्रघाती सरिता गिरीलाई कारवाही गर्यौ ! अब एमाले , माओवादी र काङ्ग्रेस भित्रका भारतिय दलाल र चिनिया दलालहरुलाई कारवाही गर्नुपर्छ !
नत्र तिनिहरुको घर घरमा कालो झण्डा हामीले गाड्नेछौँ !
राष्ट्रघातीहरुको वँशजको नागरिकता खारेज गर्नुपर्छ !

[ तस्बिरमा नेता आङ्काजी शेर्पाको स्टाटस ]