नेपालमा पुनः श्रम स्वीकृति दिन सुरु,तर मलेसियामा विदेशी श्रमिकलाई प्रवेश निषेध।

क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरसको माहामारीको कारण नेपाल संगै विश्वभरिको अन्य मुलुक अहिले पनि लकडाउन छ् । नेपालीलाई विदेशबाट उद्दार गर्ने भनेर कुनैकुनै मुलुकमा चार्टर्ड उडान संचालनमा रहेतापनि अन्तर्राष्ट्रिय ब्यावसायिक उडानहरु पुर्ण रुपमा बन्द गरिएको छ र विभिन्न मुलुकहरुमा विदेशीलाई प्रवेशमा रोक लगाएको छ।

वैदेशिक रोजगारीको निम्ति मलेसिया लगायतको विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कार्यरत नेपाली श्रमिकहरु विदामा स्वदेश फर्केकाछ्न तर कोरोनाको कारण पुनः रोजगारीमा फर्कन पाएका छैनन्। उता नेपालमा वैदेशिक रोजगार बिभाग,श्रम कार्यालयले पुनः श्रम स्वीकृति दिन सुरु गरेपनि अहिलेकै अवस्थामा मलेसियाबाट नेपाल विदामा गएका नेपाली श्रमिकहरु मलेसिया प्रवेश गर्न पाउने प्रक्रिया कोरोनाले गर्दाखेरि झन्झटिलो हुनसक्ने सम्बन्धित निकायले बताए।

अहिले मलेसियाबाट विदामा नेपालमा गएको नेपाली श्रमिक हरु पुनः मलेसिया कसरी जान सकिन्छ होला ? भन्ने बिषयमा मलाया खबरका सम्पादक आरएन चौधरी थारुले वैदेशिक रोजगार बिभाग काठमाडौंका सुचना अधिकारी भोलानाथ गुरागाईसंग टेलीफोन मार्फत प्रश्न गरेका थिए। जवाफमा सुचना अधिकारी गुरागाईले भने ,”यदि मलेसिया जानलाई पहिलाकै भिसा बाकी छदैंछ्न र नेपाल सरकारले अथवा वैदेशिक रोजगार बिभागले दिएको श्रम स्वीकृतिको म्याद पनि बाँँकी छ्न र यदि मलेसिया सरकारले विदेशी श्रमिकलाई प्रवेशमा रोक लगाएको छैन भने सम्बन्धित देशको नियम कानुनलाई पछ्याउँदै , रोजगारदाता कम्पनी संग सर-सल्लाह गरेर जान सकिनेछ् । हवाई यात्राको सम्बन्धमा सम्बन्धित देशमा चलिरहेको चार्टर्ड उडान बाहेक अन्य विकल्प नरहेको बताउदै यदि कुनै नेपालीको श्रमको म्याद सकिएको छ् भने पायक पर्ने प्रदेशमै सम्बन्धित कार्यालयमा गएर पुनः श्रम स्वीकृति लिन सक्नुहुनेछ उनले भने।”

यता मलेसिया सरकारले विदामा स्वदेश फर्केका विदेशी श्रमिकहरुलाई अहिलेनै फर्काउने सम्बन्धमा कुनै आधिकारिक निर्णय नगरेकोले मलेसिया प्रवेश गर्न नमिल्ने मलेसिया स्थित नेपाली दूतावास स्रोतले बताए ।

दूतावास स्रोतले मलाया खबरसंग बोल्दै भने ,” मलेसिया सरकारले यो बर्षको अन्त्य नहुन्जेलसम्म नयाँ विदेशी श्रमिक नलिने बारे प्रष्ट भनिसकेको छ , तर विदामा गएको श्रमिक पुनः फर्किन पाउने भन्ने बारे पनि स्पष्ट धारणा सार्वजनिक गरेको छैन र ब्यावसायिक उडानहरु पनि पुर्ण रुपमा बन्द रहेकोले अहिलेकै अवस्थामा मलेसिया प्रवेश गर्न पाउने आसा शन्यू रहेको बताए ।

तर यदि पछि प्रवेश गर्न मिल्ने भयो भने पनि नेपालमा रहेको मलेसियन दूतावास मार्फत मलेसिया प्रवेश गर्न अग्रिम स्वीकृति लिनुपर्ने र मलेसिया प्रवेश गरिसकेपछि २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने अथवा मलेसिया सरकारले बनाएको अन्य नियमहरु समेत पालना गर्नुपर्ने हुनसक्ने दूतावास स्रोतको भनाइरहेको छ।