शिवराज वडा न.२ मा अपांगता र महिला स्वयंसेवीकालाई स्टेशनरी र दराज वितरण।

राम अवतार चौधरी,,

चन्द्रौटा(कपिलवस्तु):= कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा अवस्थित सामुदायिक विद्यालयहरुमा रहेका अपाङ्गता १९ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । कापी, पेन्सिल, कलम र झोला गरि ५० हजार बराबरको सामाग्री मंगलबार वितरण गरिएको हो ।

आफ्नै वडामा रहेका बाल शिक्षा मा.वि., जनता आधारभुत विद्यालय र बुद्ध आधारभुत विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्माका गरि अपांगता १९ विद्यार्थीलाई एक बर्ष भरि पुग्ने गरि स्टेशनरी प्रदान गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताए । राज्यस्तरको सेवा सुबिधाबाट बन्चित भएका अपाङ्गता विद्यार्थीलाई उनीहरूलाई हौसला प्रदान होस् र विद्यार्थीहरूको पढाइ प्रति लगाव बढोस् भनी सम्बन्धित विद्यालयको प्रतिनिधि र अपांगता विद्यार्थीहरूको अभिभावकको रोहोबरमा स्टेशनरी सामाग्री वितरण गरिएको अध्यक्ष चौधरीले जनाए ।

यस्तै बुद्ध आधारभुत विद्यालयका प्रधानाध्यापक पुर्षाेत्तम भट्टराईले कार्यक्रममा बोल्दै शिवराज नगरपालिकामै वडा नम्बर २ ले सह्रनिय काम गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद व्यक्त समेत गरे । त्यसैगरी वडा नम्बर २ मा कार्यरत ६ महिला स्वयंसेवीकालाई एकएक थान दराज समेत आज वितरण गरिएको छ । बर्षाैँ देखि गैर पारिश्रमिक रातदिन नभनि सुत्केरी लगायत बिकरल अवस्थामा फिल्डममा खत्तिएर काम गर्नुपर्ने र कागजात, औषधी लगायत अन्य सामाग्री घर लगेर सुरक्षित राख्न कठिनाइ भएकोले ५० हजार बराबरको दराज प्रदान गरिएको वडाले जनाएको छ ।

त्यस्तै महिला स्वयंसेवीका पार्वती सापकोटाले वडामै पहिलो पटक नौलो कार्य गरेको कार्य प्रशंसा गर्दै आफूहरू निकै उत्साहका काम गर्ने र अगामी समयमा वडाले यस्तै नौलो योजना ल्योस भनी शुभकामना र धन्यवाद समेत सापकोटाले व्यक्त गरिन् ।अब भने स्वयंसेवीकालाई काम गर्न हौसला प्रदान हुने र कागजपत्रका साथसाथै औषधी सुरक्षित राख्न सहज हुने अध्यक्ष चौधरीले दावी गरे ।