क्यान्सर पीडित प्रकाश बस्नेत लाइ कोरिया बाट आर्थिक सहयोग।

सोताङ गाउँपालिका ३ पात्ले सोलुखुम्बु का प्रकाश बस्नेत गोठालो जाने क्रममा भिर बाट लडेर शरीर को आदि भाग नचल्ने भयो । मध्यम बर्गिय उन्को परिवारले जसोतसो उपचार गराए तर कम्बर भन्दा तलको भाग नचल्ने भयो ।

उपचार पस्चात हुयिल्चियर मा चल्नसक्ने भएपछि गाउ फर्किएका प्रकाश आफ्नो नाम ले झै गाउँ ठाउँ को लागी केहि गर्ने सोचाइ बोकेका २२ वार्षिय उन्का सपना बिचैमा तुहिए । जसोतसो उपचार गराएर बसेकै थिए फेरी उनि माथी दैब लाग्यो । साधारण जिब्रोमा खटिरा निस्किएको थियो तेस्ले पुण: क्यान्सरको रुप लियो भर्खरै छोरा भिर बाट लडेको उपचार खर्च तिर्न नपाउदै जिब्रोको क्यान्सरको उपचार गराउन पर्ने भयो ।

पारिवारिक आय आस्था कम्जोर भएका प्रकाश को परिवार लाइ क्यान्सरको अप्रेसन गर्न निक्कै कठिनाइ परेको खबर सोलुखुम्बु सोताङ कै कैदल पानि खप्तडी बस्नेत प्रबासी मन्च ले सुनेपछि मन्च का गोविन्द बस्नेत र अम्मर बस्नेत को नेतृत्वमा रु: २२९००० (दुइलाख उनान्सत्तरी हजार) संकलन गरि पीडित परिवार लाइ पठाएका थिए।

सोही सहयो अभियानमा सोताङ गाउँ पालिका ३ का बेनि बस्नेत को नेतृत्वमा साउथ कोरिया रु :१९७००० ( एक लाख सन्तानब्बे हजार ) संकलनगरि पीडितको स्वास्थ लाभ को कामना गर्दै पीडित परिवार लाइ उपलब्ध गराएका छन।