रुपन्देहीमा सलह किरा देखीयो

जम्मा गरेर ल्याए प्रतिकिलो २० रुपैयाका दरले प्रदेश सरकारले किन्ने

बुटवल । रुपन्देही र आसपासका जिल्लामा शनिबार सलह देखा परेको छ । भारतबाट सहल किरा नेपाल प्रवेश गरेको हो । दिउँसो बुटवल, भैरहवा लगायतका क्षेत्रमा केहीबेर सलह उडेको देखिएको थियो । त्यस्तै कपिलबस्तु र पाल्पामा पनि सलह देखा परेको छ । ठूलो बथान बनाएर उड्ने फट्याङग्रा प्रजातीको किरा सलहले किसानका बालीनाली सखाप पार्ने गर्दछ । रुपन्देहीमा सलह देखीएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहको प्रदेश विपद् व्यावस्थापन समितिको आकस्मीक बैठक बसेर सलह कीरा नष्ट गर्नका लागि प्रोत्साहन गर्ने, यसको प्रभावित क्षेत्र हेरेर थप अघि बढ्ने निर्णय गरेको छ । निर्णय अनुसार सलह किरा समातेर बुझाउनेले प्रतिकिलो २० रुपैया पाउने छन् । 

बालिनालीमा क्षती पुयाउने सलह नष्ट गर्नका लागि प्रोत्साहनस्वरुप प्रतिकिलो २० रुपैयाँका दरले खरीद गर्ने निर्णय भएको प्रदेश ५ भूमि व्यवस्था तथा कृषि मन्त्री आरती पौडेलले जानकारी दिनुभयो  ।

यसको जिम्म प्रदेश सरकाले स्थानिय तहका वडाकार्यालयहरुलाई दिएको उहाँले बताउनुयभो । कीरा समातेर नष्ट गरेर हाँस, कुखुरा, माछा र सुंगुरको दानाको रुपमा प्रयोग गर्नु नै उपयुक्त हुने मन्त्री पौडेलको भनाइ छ । ‘औषधी छरेर नष्ट गर्नुभन्दा यसलाई उपयोग गर्न सकियो भने हामीलाई दोहोरो फाइदा हुन्छ ।’ उहाँले भन्नुभयो ।