मलेसियाले कोरोनालाई जित्यो/आज २ जना मात्रै संक्रमित,१ को मृत्यु।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणले १ सय १८ जना मानिसको मृत्यु भएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज जुन , १० तारिख , बुधबार मात्रै संक्रमित हुने मानिसको संख्या २ जना मात्रै रहेको र एक जनाको मृत्यु भएको मलेसिया स्थित स्वास्थ्य मन्त्रालयले फेसबुक मार्फत सार्वजनिक गरेको सुचनामा जनाएका छ्न।।

तथ्यांकअनुसार मलेसियाले कोरोना भाइरसलाई जितिसकेको देखाउछ । किनभने अहिलेसम्म संक्रमित हुने संख्या मध्यकै एकदमै कम हुन । अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या ८ हजार ३ सय ३८ जना रहेको छ्न , जसमध्ये ७ हजार १४ जना उपचार सकिएर स्वास्थ्य लाभ लिइसकेको जनाइएको छ।

[ फोटो : मलेसियन स्वास्थ्य मन्त्रालयको फेसबुक पेजबाट लिइएको हो ]

उपचाररत रहेका संक्रमितको संख्या अझैपनी १ हजार २ सय ६ जना रहेको छ। पछिल्लो केहिदिनदेखि संक्रमितको संख्या ह्वात्तै घट्दै गैइरहेको छ , र मृत्यु हुने पनि कम हुँदैगैरहेको छ्।
कोरोनाबाट सङ्क्रमित हुने नेपाली श्रमिकको संख्या ८१ जना रहेको सम्बन्धित निकायले बताएकाछ्न। जसमध्ये अहिलेसम्म २२ जनाले स्वास्थ्य लाभ लिइसकेको जनाएका छ्न भने अहिलेसम्म कोरोनाले कुनै पनि नेपालीको मृत्यु भने भएको छैन।