थप २ सय ७९ जनामा कोरोना

काठमाडौं । नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म ७ सय ७४ निको भएर डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । सवस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् ।