यो सरकार सामान्य नागरिकहरुको लागि हैन रहेछ् ?

लेखिका : मुना पाण्डे ,,

यो सरकार सामान्य नागरिकहरुलाइ हैन रहेछ?आसेपासे र भरौटे कार्यकर्ता पोस्न हाम्रो रगत र पसिनाले लत्पतिएको कर तिरेर पालेका रहेछौं हामीले यी दमनकारी शोसक सामन्तहरुलाइ?!
उच्चस्तरीय संयन्त्रको सिफारिसमा Australian Embassy को अनुमति लिएर उड्नै पर्ने क्यान्सरपिडत दम्पति बाहेक अरू कसरी उडे? लानै सकिने सयौं नेपालीलाई संयन्त्रले आफ्नो नागरिक किेन देखेन?
नेपाल सरकारको भन्सार विभागका महानिर्देशकका श्रीमती र छोरी अष्ट्रेलियाबाट फर्केको नेपाली जहाजमा नेपाल फर्किने अनुमति पाएछन्।सामान्य नागरिक ल्याउन प्राबिधिक समस्या देखाउने नेपाल सरकारले आफ्ना आसेपासे र एेरेगैरे बोकेर आउन प्राबिधिक कारणले किन छेकेन?

आममाफी पाएका खाडीमा समस्यामा परेका नागरिकहरु नेपाल फर्किन पाउ भनि गरेको आग्रहलाइ समेत ब्यवस्था गर्दै ति पिडित आम श्रमिकहरुलाइ भेडा बांख्रा जस्तो ब्यवहार गरेकोले दुतावास अगाडि नारा लगाउदा समेत ब्यवास्ता गरेको छ।खाडीबाट नागरिक फिर्ता ल्याउने भनेर फ़ाराम भर्न लगाएर फ्याकेको स्किम पनि ति बेखर्ची रोजगार गुमाएका र खान समेत नसक्ने अवस्थाका मजदुर दाजु भाइ दिदीबहिनीहरुलाइ काँचों आंन्द्रा निल्नु न ओकल्नु भएको छ।एकछाक खान नसक्ने अवस्थामा पुगेका नागरिकहरु साबिक भंदा धेरै महंगो टिकट काटेर नेपाल फर्किने हैसियत कहाँ छ उनिहरुको?ति तमाम पिडित नेपालीप्रति राज्यको नजर पर्दैन ।उनीहरुलाइ गैरनेपाली जस्तो ब्यवहार गरिराछ।

उता माल्दिभ्समा बेखर्ची भएर होस्टल खर्च समेत नेपाली मजदुर एकता समाज बाट उठाएर ति बिदेशमा दुख गर्ने दाजुभाइ दिदीबहिनीले सहयोग गर्नुभएको छ।आज खाडि र अरब मलेसिया माल्दिभ्समा अलपत्र गरिब मजदुरहरुलाइ आफ्नो नागरिक नदेख्ने अष्ट्रेलियामा बिलासी तरिकाले बसेका बरिष्टहरुका आफन्तहरुलाइ गोप्य रुपमा ल्याउन नमिल्ने भनिएको जहाजमा बोकेर ल्याउने? यस्ता धनी र सम्पन्हरुलाइ काखा गरिब र मजदुरहरुलाइ भेडा बाख्रा जस्तो ब्यवहार गर्ने शोषक सामन्तहरु कसरी सर्बहाराका नेता हुन्छन् ?कसरी आफुलाइ कम्युनिष्ट मजदुर गरिबको नेता भनेर प्रचार गर्न सक्छन्?यिनीहरु राणा सासन हैन जर्मनीको क्रुर सासक हिट्लर भन्दा पनि शोषक र सामन्त हुन्।धनी र सम्पन्नलाइ मात्र नागरिक देख्नेले गरिब र मजदुरको रगत पसिनाले लत्पतिएको तलब भत्ता र सुबिधा भोग गर्दै मोज गर्न लाजलाग्नुपर्ने हो।आसेपासे र भरौटेहरुको मोजमस्तिको लागि हैन जनताले अमुल्य मत दिएर जिताएको?!

आफ्ना देशका नागरिकहरुलाइ यो बिश्वब्यापी महामारीको बेलामा गरिएको चरम दमन बिभेद र भेदभावको जनताहरुले क़िस्ता किस्तामा भुक्तानी गर्नेछन।सिहदरबार बालुवाटारहरु अब घेरिने बेला भएको छ।२०६२/२०६३को आंदोलन फेरी चर्काउने बेला भयो।बत्ती निभ्ने बेलामा चम्किन्छ।त्यसैले कति चम्किनुछ चम्किराख।हामी हिसाब किताब चुक्ता चांडै गर्नेछौं।तिमीहरुको दमन अन्याय अत्याचार र भेदभावको जवाफ चांडै नै पाउनेछौं।सामन्ती सासकहरु।

[लेखिका :नेपाली मजदुर एकता समाज नेपालकी नेपाल संयोजक मुना पाण्डे हुन]