युएईको विमानस्थलमा पुगे १५७ नेपाली,तर कोरोना जाँच नभएकोले उडानको अत्तोपत्तो छैन।

युएई := यूएई ( दुबई ) बाट स्वदेश फर्कन लागेका १ सय ४६ नेपाली श्रमिकहरु यूएईको सारजहा विमानस्थल पुगेर बोर्डिङपास लिएर हवाईउडानको पर्खाइमा बसेका छन् ।

उनीहरुलाई एयर अरेबियाको उडान नम्बर जी ९१७५१ मार्फत नेपाल फर्कनका लागि यूएईको स्थानीय समय अनुसार बिहन १० बजेर ५५ मिनेको बोर्डिङपास दिइएको छ । तर अहिले विमानस्थल पुगेका नेपालीको कोरोना जाँच भएको छैन ।
जाँच हुने नहुने भनेर अहिलेसम्म पनि निश्चित नहुँदा उनीहरुको उडान हुन्छ कि हुँदैन भन्ने टुंगो समेत लागेको छैन ।
सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ ।
तर यूएई सरकारले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने रोकिएको छ्न।

इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ट्रान्सगार्ड सेक्युरेटिका ७९ र अन्य ११ जना पनि विमानस्थलमा पुगेका छन्।
उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु स्वदेश फर्किन विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौलतानै रहेको छ।

अन्य अन्तर्राष्ट्रिय मुलुकबाट स्वदेश फर्किने नेपालीहरुको अवस्था पनि अन्यौलनै रहेको छ। कोरोना चेकजाँच कसरी गर्ने ? आरडिटि र आरटि , पिसिआर परिक्षण गरि चेकजाँच गर्ने कि ? सम्बन्धित मुलुकमै क्वारेन्टाइन ब्यवस्थापन कसरी गर्ने ? शरीरको तापक्रम मात्रै नापेर फर्काउने कि अरुनै केहि उपाय लगाउने भन्ने बारे अन्यौलतानै रहेको सम्बन्धित निकायले बताएका छ्न।